मंगलाको मिठौलामा भएको जिप दुर्घटनामा दुईको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयल म्याग्दीले जनाएको छ ।

मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

“उनिहरुलाई बेनी अस्पताल ल्याईपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,” उहाँले भन्नुभयो “ ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।” घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रनाउ राइका अनुसार चालक १९ वर्षिय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय एडिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसायलीको बेनी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना भएको जिप पूर्ण रुपमा क्षति भएको छ ।

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । राती सवा आठ बजेतिर दुर्घटना भएको थियो । घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौर देखि वडा नम्बर १ लाई जोड्ने बैकल्पिक सडक हो ।

कोरोना संक्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मंगलाको १ नम्बर वडा कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पुर्णगाउँतर्फ जादै थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक बिक्रमराज गुरुङले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...