भगवतिको राममन्दिरमा घरघरमा धारा जोडेर खानेपानी बितरण

Gandaki Kotihome

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिरमा खानेपानी सुबिधासँगै सामाजिक द्धन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।

राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी बितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको भगवतिका सबै घरमा निजी धारा मार्फत खानेपानी सुबिधा बिस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित निजी धारामा नियमित रुपमा पर्याप्त मात्रामा खानेपानी आपुर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्धन्द हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल बिकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“यसअघि सार्वजनिक धारा, कुवा, पधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौ । पानीको स्रोत कम हुँदा बिवाद र झगडा हुने गरेको थियो । बिवादले हैरान भएको थियो,” उहाँले भन्नुभयो “घरघरका धारामा पानी आउन थालेपछि बिवाद र झगडा हुन छाडेको छ ।”

रघुगंगा गाउँपालिकाको रु. ४९ लाख अनुदान सहयोग र स्थानीयबासीको रु. १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताको टंकीमा संकलन गरि आठ किलोमिटर पाइप लाइन मार्फत घरघरमा बितरण गरिएको छ ।

Annapurna aarohan ko notice

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुबिधा भएको छ । आगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुबिधासँगै समयको बचत भएको स्थानीय घ्युकुमारी शाहीले बताउनुभयो ।

“धारामा जान र आउन तीस मिनेट लाग्थ्यो, खडेरीमा घण्टौ पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो,” उहाँले भन्नुभयो “अहिले चाहिएको बेलामा आवश्यकता अनुसार पानी उपभोग गर्न पाएका छौ । सरसफाई सुधार र दैनिकी सहज भएको छ ।”

वडा अध्यक्ष रिम कटुवालका अनुसार रघुगंगा गाउँपालिकाले बि.स. २०७५ मा रु. पचास लाख बिनियोजन गरेर गौरवको आयोजनाको रुपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतिमा निजी धारा सहितको खानेपानी योजना सुरु गरेको थियो ।

“पहिलो बर्ष सिजलगाउँ र देउपुर्णमा निर्माण गरेको खानेपानी आयोजनालाई सुधार र व्यवस्थित गर्दैछौ,” उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षमा रिनिरौतारी, माझखर्क र चौरका सबै घरमा खानेपानी बितरण गर्न रु. २५ लाख बिनियोजन भएको छ । साझपानी, हटिया, मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गरिरहेको छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...