सिमका कृषकको लोभलाग्दो पशुपालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् ।

सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति शोभाले सञ्चालन गरेको फार्ममा अहिले ८ वटा भैसी पुगेका छन् ।

यसैगरी यामबहादुरले स्थापना गर्नुभएको याम पशुपंक्षी फार्ममा पनि ७ वटा भैसी र एक वटा गाई पाल्नुभएको छ । सुवेदीले दैनिक ६० र खड्काले ५० लिटर दूध उत्पादन गर्नुहुन्छ । उहाँहरु बैदेशिक रोजगारको बिकल्पमा पशुपालन गरेर स्वरोजगार बन्नुभएको हो ।

Shreekrishna hardwear in news

२ वर्ष दुवई र १२ वर्ष मलेसीयामा काम गर्नुभएका सुवेदीले बि.स. २०७१ म बिदेश जाने योजना सफल नभएपछि भैसीपालन सुरु गर्नुभएको थियो । बिदेश जान उहाँले ६ लाख भन्दा बढी डुबाउनुभएको छ ।

Bhautik ministry notice about road

एक वटा भैसीबाट सुरु भएको उहाँहरुको फार्ममा ८ वटा पुगेका छन् । प्रतिलिटर ९० रुपैयाँका दरले बेनी बजारमा दूध बिक्री गर्दै आउनुभएको छ । उहाँहरु बिदेशको दुख भन्दा आफ्नै घरमा परिवारसँग बसेर पशुपालनबाट भएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ।

गत वर्ष सम्म चार चार वटा भैसी पाल्नुभएका खड्का र सुबेदीले यस वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको साना ब्यवसायिक फार्म कार्यक्रमबाट दुई÷दुई लाख रुपैयाँ अनुदान पाउनुभएको थियो ।

अनुदानबाट गाईभैसीको संख्या थप गर्नुभएका उहाँहरुले गोठको पुर्बाधार बनाउनुभएको छ । सुत्केरी र सुत्केरी हुने अवस्थाका गाईभैसी बाध्न छुट्टै संरचनाको गोठ बनाउनुभएको छ । खड्काले गाइभैसीलाई खुवाउने तातोपानी तताउन सोलार जडान गर्नुभएको छ ।

पहिरोले सडक भत्काएकाले दूध बजारमा लैजान, दाना र घाँस ढुवानी गर्न उहाँहरुलाई समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...