रघुगंगाको बजेटमा शिक्षा, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

Gandaki Kotihome

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार मौवाफाँटमा सम्पन्न दशौ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो ।

रघुगंगाले आगामी आर्थिक बर्षको लागि कुल ५३ करोड १९ लाख ९ हजार बराबरको बजेट स्विकृत गरेका छ । चालुतर्फ ३० करोड ४३ लाख, पुँजीगत बजेटमा १४ करोड ७५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फको कुल बजेटबाट सामाजिक सुरक्षा भत्तामा ८ करोड १० लाख बजेट प्रस्ताब गरिएको छ । त्यसैगरि प्रशासनिक बजेटतर्फ रु ७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत गरि पारित भएको बजेटमा नेपाल सरकारको समानिकरण अनुदानतर्फ ८ करोड ३४ लाख, राजश्व बाँडफाटमा ७ करोड ३१ लाख, विशेष अनुदानमा रु २ करोड २८ लाख, सशर्त अनुदानमा रु २० करोड २४ लाख, सम्पुरक अनुदानमा रु ४६ लाख, प्रदेश सरकारबाट समानिकरणतर्फ रु ८९ लाख ७१ हजार, सशर्त अनुदानमा ५० लाख, सम्पुरक अनुदानमा रु ५० लाख, राजश्व बाँडफाँटबाट ५५ लाख बजेट प्राप्त हुनेछ ।

Upper Myagdi transmition line notice

त्यसैगरि गाउँपालिकाको आन्तरिक आम्दानी रु १ करोड ३ हजार र चालु आर्थिक बर्षमा खर्च हुन नसकेर बचत रहन आउन सक्ने रु ३ करोड बैँक मौज्दातलाई समेत बजेटको आम्दानीतर्फ समावेश गरिएको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ७५ लाख , पूर्वाधार निर्माणको क्षेत्रमा ९ करोड ६७ लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड, कृषि, पर्यटन, सहकारी क्षेत्रमा रु २ करोड, प्रशासकिय भवन निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

उहाँका अनुसार, नीति तथा कार्यक्रम र बजेटमा सुकुम्बासी समस्या समाधान, युवा र महिला शसक्तिकरण, सुत्केरी महिला उपहार कार्यक्रम, शिपमुलक तालिम, विद्यालय सुदृढिकरण लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।

नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको समग्र अवस्थामा परिवर्तन ल्याउनका लागि आधारभुत आधार तयार गर्ने गरि नीति तथा कार्यक्रम बनाईएको र सोहि अनुसार बजेट विनियोजन भएको जानकारी दिनुभयो । गाउँसभाले नीति तथा कार्यक्रम र बजेट संगै आर्थिक ऐन, विनियोजन ऐन समेत पारित गरेको छ ।

गाउँसभाबाट कोरोना संक्रमणका कारण मृत्युभएकाहरुको घरपरिवारलाई रु २५ हजार नगद सहयोग उपलब्ध गराउने र गाउँपालिकाको कोभिड अस्पतालबाट प्रवाह हुने सबै उपचार सेवा निःशुल्क गर्ने निर्णय समेत गरेको जनाईएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको थियो । सभाको उद्घाटन गर्दै जिसस प्रमुख केसीले संघिय संरचनाकै कारण मुलुकमा आईपरेको कोरोना, प्राकृतिक प्रकोप लगायतका विपत्ति र महामारीलाई व्यवस्थापनमा सहज भएको बताउनुभयो ।

उहाँले रघुगंगा गाउँपालिकाले समेत पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, यातायात लगायतको क्षेत्रमा सुधार ल्याउन थालेका प्रयासहरु रचनात्मक रहेको बताउँदै आफ्नो तर्फबाट समेत सक्दो पहल भैरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलिजा, वडा नम्बर १ का वडा अध्यक्ष बिलबहादुर फगामी, वडा नम्बर २ का वडा अध्यक्ष रिम कटुवाल, वडा नम्बर ३ का वडा अध्यक्ष जिवनकुमार मल्ल, वडा नम्बर ४ का अध्यक्ष एकबहादुर गर्वुजा, वडा नम्बर ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नम्बर ७ का अध्यक्ष दुर्गा पुन, वडा नम्बर ८ का अध्यक्ष गमान छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो । गाउँसभा सदस्य सम्झना परियारले स्वागत र प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँसभालाई सहजीकरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस