म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह

Gandaki Ghumau

बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही असार १४ गते राती बाह् बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

छैठौ पटक असार १ गतेदेखि जारी निषेधाज्ञा सोमबार राति सकिंदैछ । केही क्षेत्रलाई खुलुलो बनाएर निषेधाज्ञा लम्बाइएको प्रजिअ अधिकारीले बताउनुभयो । खाद्यान्नका पसलहरु बिहान ५ देखि १ बजेसम्म खोल्ने र सरकारी कार्यालयहरुले आलोपालो प्रणाली अनुसार सेवा दिने निर्णय गरेको छ ।

Shreekrishna

आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका, सोमबार मालिका गाउँपालिका, मंगलबार बेनी नरपालिका, बुधबार रघुगंगा गाउँपालिका, बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाका नागरिकलाई सरकारी कार्यालयबाट सेवा लिनका लागि पालो तोकिएको छ ।

Gunasthariya Shiksya

खाद्यान्न, कृषि औजार, मल, विउविजन, तरकारी, फलफुल, दूध, डेरीजन्य उत्पादन, हार्डवयर पसल, पुस्तक तथा स्टेशनरी, सुनचाँदी पसल, टेलरिङ, फेन्सी तथा कपडा, इलेक्ट्रिकल भाँडापसल, ग्याँस, पेट्रोल लगायत सेवाका पसलहरु स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी १ बजेसम्म खुल्नेछन् ।

कोरोना महामारी नियन्त्रणका लागि गत बैशाख २२ गतेदेखि निषेधाज्ञा गरिएको थियो । सोमबार थपिएका ११ जना सहित म्याग्दीमा हालसम्म दुई हजार ३१४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा मंगला गाउँपालिकामा एक जना, रघुगंगामा एक जना, अन्नपूर्णमा एक जना र धौलागिरीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर ९७ जना कोरोनाका सक्रीय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...