राम्चेमा पहिरोले दुई घर भत्किए, १४ परिवार बिस्थापित

Gandaki Pardesh notice

बेनी, केही दिनदेखिको निरन्तरको बर्षातका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेमा दुई घर भत्किएका र १४ घर परिवार बिस्थापित भएका छन् । वडा अध्यक्ष खमबहादुर गर्बुजाले थावनका गणेश पुन र राम्चेका टेकबहादुर गर्बुजाको घर पहिरोले भत्किएको बताउनुभयो ।

Bhautik ministry notice about road

माथितिरबाट खसेको पहिरोले घर भत्काएको हो । गर्बुजाका अनुसार पहिरोले राम्चेका विभिन्न बस्तीमा पहिरोको जोखिमका कारण १४ परिवार बिस्थापित भएका छन् । घर भत्किएका र जोखिममा रहेकालाई सामुदायिक भवन, आफन्त र खाली घरमा राखिएको छ । सडक र पैदलमार्गमा पनि पहिरोले क्षति गरेकाले एउटा बस्तीदेखि अर्को बस्तीमा आवत जावत बन्द भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...