पहिरो पिडितलाई बेनी नगरले १५ हजार दिने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले केही दिनयताको बर्षाका कारण घरबास गुमाएका र जोखिम भएर बिस्थापित भएकालाई १५ हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगरपालिका स्तरीय द्रुत प्रतिकार्य टिमको आकस्मिक बैठकले बाढी, पहिरो र कटानबाट प्रभावितहरुलाई अस्थाई बसोबासका लागि १५ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको हो ।

Bhautik ministry notice about road

टोलीका सदस्य समेत रहनुभएका नगर कार्यपालिकाका प्रबत्ता रामकृष्ण बराइलीले जोखिमयुक्त ठाउँमा पानी तर्काउन र त्रिपाल उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । “घर छाडेकालाई तत्काल राहत उपलब्ध गराउछौ,” उहाँले भन्नुभयो “थप क्षति हुन नदिन जोखिमयुक्त ठाउँमा सतर्कता अपनाइएको छ ।”

Shreekrishna hardwear in news

पछिल्लो चार दिन यताको मनसुनजन्य प्रकोपबाट बेनी नगरपालिका क्षेत्रमा ४० घरपरिवार बिस्थापित भएका छन् । २६ घरपरिवार वडा नम्बर ४ सिंगा तातोपानीका छन् । बगरफाँट, डम्मरा, अर्थुङ्गे र घतान बढी मात्रामा प्रभावित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...