चुरेको ढुंगा गिट्टी बालुवा भारत निकासी गर्ने योजनामा क्रसर ब्यवसायीको असहमति र अनभिज्ञता

khali

बेनी, नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सरकारले ल्याएको चुरेको ढुंगा गिट्टी भारत निकासी गर्ने योजना प्रति असहमति जनाउनुभएको छ ।
कतिपयले क्रसर ब्यवसायीको दवाव र प्रभावमा परेर सरकारले चुरे मासेर ढुंगा गिट्टी र बालुवा भारत निकासी गर्ने योजना ल्याएको आरोप लगाएको र शंका गरिरहेका बेला धौलागिरी खबरसँगको कुराकानीमा कोषाध्यक्ष मल्लले अनभिज्ञता प्रकट गर्नुभयो ।

नेपालमा सञ्चालनमा रहेका सात सय भन्दा बढी क्रसर उद्योगहरुलाई नयाँ कानुन बनाएर ब्यवस्थापन र देशभित्र सञ्चालित बिकास आयोजनामा नदीजन्य कच्चा पदार्थको सहज आपुर्ति हुने अवस्थापछि मात्र निकासी गर्नुपर्ने कोषाध्यक्ष मल्लको भनाई छ ।

khali

कोषाध्यक्ष मल्लले तत्कालीन कानुन अनुसार प्रक्रिया पुरा गरेर दर्ता भएका क्रसर उद्योग नविकरण पनी नगर्ने र स्थानान्तरणका लागि बिकल्प पनि नदिएर सरकारले ब्यवसायीहरुलाई दुख दिएकोे बताउनुभयो । प्रस्तुत छ कोषाध्यक्ष मल्लसँग गरिएको कुराकानी

Shreekrishna hardwear in news
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...