गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

Gandaki Pardesh notice

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ ।

बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि काउलेगौडा–गिठिनी–पात्लेखेत–झिँहुदै पाखापानी जोड्ने सडकको गलेश्वर–काउलेगौडा खण्ड स्तरोन्नती गरेको हो ।

बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बिस्तार, नाली, सोलीङ, क्रस ड्रेन, ढलान, रिटेनीङ र ग्यावीयन पर्खाल निर्माण, ग्रेड तथा घुम्ति सुधार गरेर सडक स्तरोन्नती गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

यो बेनी नगरपालिकाको प्राथमिकता प्राप्त गौरवको आयोजना हो । कुल रु. दुई करोड २४ लाख लागत अनुमान गरिएको सडक स्तरोन्नतीका लागि बिएन कन्ट्रक्सनले रु. एक करोड ५५ लाखमा ठेक्का लिएको थियो ।

Bhautik ministry notice about road

“ठेकेदारले सम्झौता र नक्सा अनुसारको काम सकेको दावी गरेर भुक्तानी मागेको छ,” इञ्जिनियर कार्कीले भन्नुभयो “कामको मूल्याङ्कन र अनुगमन समितिको प्रतिवेदन अध्ययनका क्रममा छौ ।”

२०७७ कात्तिकमा सम्झौता भएको योजनाको म्याद २०७८ असार १५ गतेसम्म थियो । निर्माण ब्यवसायीले लक्ष्य अघिनै काम सकेको दावी गरेका छन् । यसअघि तीन देखि चार मिटर फराकिलो सडक लाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ ।

करिब दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्यावीयन पर्खाल, ९६१ मिटर पक्कि पर्खाल, ५ स्थान क्रस डे«न, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको छ ।

केही दिनअघि नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, पूर्बाधार बिकास समितिका संयोजक कृष्णकुमार विश्वकर्मा र प्राबिधिक सहितको टोलीले आयोजनाको अनुगमन गरेको थियो । टोलीले सडकको केही ठाउँमा लेवल मिलाएर सुधार गर्न निर्देशन दिएको थियो ।

बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी–आवत जावतका लागि यो सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झि, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७८÷७९ मा पनि यो सडक आयोजनालाई निरन्तरता दिन लागिएको वडा अध्यक्ष चोखालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...