बेनीको कालीपुलमा खेलमैदान निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले खेलमैदान ढलान, प्याराफिट र तारजाली निर्माण गरिसकेको छ ।

सो योजना निर्माणका लागि रु. पचास लाख बिनियोजन भएको थियो । बास्केटबलको पोल गाड्न र पुरानो टिकट काउन्टरको टहरा भत्काउने बाहेकको काम सकिएको शंकर निर्माण कम्पनीका समिर पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

गत चैतमा असार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित सम्झौता भएको थियो । लक्ष्य भन्दा एक महिना अघिनै खेलमैदान निर्माण सकेको सञ्चालक पौडेलले बताउनुभयो । बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालीगण्डकी किनारमा स्थानान्तरणको गरिएको हो । २० मिटर चौडाई भएको खेलमैदान करिब ३५ मिटर लम्बाईको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिकाको वडा न. ८ मा पर्ने कालीपुलमा बसपार्क निर्माण गर्न बि.स. २०७४ मा सहरी बिकास मन्त्रालयले रु. २१ करोड लागत अनुमान गरिएको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । सोही डिपिआर अनुसार खेलमैदान सार्नुका साथै ट्याक्सी पार्किङ स्थल ढलान गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

सघन सहरी बिकास डिभिजन कार्यालयले यस वर्ष बिनियोजन भएको रु. पाँच करोड बजेटबाट बसपार्कमा टर्मिनल भवन निर्माणका लागि ठेक्का आव्हानको तयारी गरेको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा बसपार्कको ट्याक्सी पार्किङ गर्ने ठाउँमा ढलान गरिएको हो ।

५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको कालिका इन्फास्टक्चर प्रा.लीले ढलान बिस्तार र नाली निर्माण गरेको इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो । नगरपालिकाले १६२ घनमिटर आरसिसी ढलान र २१ मिटर नाली बनाउन लागेको हो । वडा कार्यालयको रु. २५ लाख लागतमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउन्टर र चिया तथा खाजा पसलका लागि टहरा निर्माण भएको छ ।

बसपार्कमा ब्यवस्थित संरचना निर्माण, कालोपत्रे र ढलान हुन थालेपछि धुलो, हिलो र अब्यवस्थित पार्किङको समस्याबाट मुक्ति पाउने स्थानीयबासीले अपेक्षा गरेका छन् । प्रदेश सरकारको पुर्बाधार बिकास कार्यालयले कालीपुल क्षेत्रमा करिब ८०० मिटर सडक हालै कालोपत्रे गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...