पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

Gandaki Pardesh notice

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ ।

२०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर बाढीले बगाएको ठाउँमा छेकबाँध, पलम प्रबिधिको पक्की पर्खाल र नहर निर्माण गरेका हुन् ।

पिपलबोट–सेराफाँट सिचाई जलउपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कडेलले मुहान र नहर पुनःनिर्माण कार्य सकेर पानी चलाइएको जानकारी दिनुभयो । “बाढीले नहर बगाएपछि सिचाईको समस्या भएको थियो,” उहाँले भन्नुभयो “बाढीले कटान गरेको ठाउँमा नयाँ नहरका साथै पलम कंक्रिट पर्खाल र मुहानमा २९ थान ग्यावीयन पर्खाल भएको छ ।”

Shreekrishna hardwear in news

कोरोना (भाइरस)को जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको असहज अवस्थाका बीच स्थानीय मजदुर परिचालन गरेर सिचाई आयोजना पुनःनिर्माण भएको हो । रोपाइको तयारीमा रहेका कृषकहरु सिचाइ आयोजना पुननिर्माण भएपछि खुसीयाली छाएको स्थानीय तुलसीराम सापकोटाले बताउनुभयो । बाढीले नहर बगाएपछि अस्थाई रुपमा पाइप राखेर पानी आपुर्ति गराइएको थियो ।

Bhautik ministry notice about road

कार्यालयको रु. ४८ लाख १७ हजार १९७ रुपैयाँ अनुदान र उपभोक्ताको रु. पाँच लाख छ हजार ९३८ को लागतमा पुरानो नहर पुननिर्माणका साथै ६०० मिटर थप नयाँ नहर निर्माण भएको छ । यसैगरी पहिरोले नहर पुरिएपछि हाँडेभिर र काँसेबगर क्षेत्रमा सिचाईका लागि पानी आपुर्ति गराउन १२० मिटर २८० एमएम र ५० मिटर २०० एमएमको पाइप जडान गरिएको छ ।
आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा बाह्ै महिना सिचाई सुबिधा पुगेको खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीका इञ्जिनियर बालकृष्ण बुढाथोकीले जानकारी दिनुभयो । “२०७७ पुष महिनामा सम्झौता गरेका उपभोक्ता समितिले निर्धारित समयभित्रनै निर्माण सकेका छन,” उहाँले भन्नुभयो “हाम्रो तर्फबाट अन्तिम किस्ता भुक्तानीका लागि स्थलगत नापजाँच सकेर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ ।”

वि.स २०५५ सालमा निर्माण भएको आयोजनाको कच्चि नाली, पाईप मार्फत पानी ल्याएर वितरण गर्दा पर्याप्त पानी नआउने, पालो लगाएर सिचाई गर्नुपर्ने समस्या भएपछि बि.स. २०७५ मा एक हजार पाँच सय मिटर नयाँ नहर निर्माण भएको थियो ।

नयाँ नहर निर्माण र पुननिर्माण भएपछि आवश्यकता अनुसार पानी आपुर्ती भई खेतीबाली लगाउन सहज भएको सेराफाँटका गोविन्द पौडेलले बताउनुभयो । पिपलबोट र सेराफाँट धान, गहुँ र मकै खेतीको पकेट क्षेत्र हो । सिचाई सुबिधा भएपछि कृषि उपजको उत्पादन बढ्ने कृषकले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...