ठिनीमा कोरोना नियन्त्रणका लागि प्रवासीको साथ

Gandaki Ghumau

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा कोरोना महामारी नियन्त्रणका लागि प्रवासीहरुले सहयोग गरेका छन् ।

अमेरिका, क्यानडा र अस्ट्रेलीया पुगेकाहरुले आफ्नो जन्मथलोमा महामारी नियन्त्रणमा परिचालनका लागि ठिनी गाउँ समाजलाई पाँच लाख २८ हजार ८१६ रुपैयाँ सहयोग पठाउनुभएको थियो । २१ जनाले आर्थिक सहयोग गर्नुभएको थियो ।

सो सहयोगबाट एन्टिजेन किट खरिद गरेर ठिनी, ढुम्बा र सम्लेका १८० जनामा कोरोना परिक्षण गरिएको थियो । जस मध्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तीन वटै गाउँका सबै घरमा साबुन तथा मास्क उपलब्ध गाएको गाउँ मुखिया राजेन्द्र थकालीले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

कोरोना संक्रमितको उपचार, स्वास्थ्य सामग्री खरिद र कोभिड ब्यवस्थापनमा बाकी रकम खर्चने उहाँले बताउनुभयो । गाउँपालिका, वडा कार्यालय, जनप्रतिनिधी, आमा समूह, युवा क्लव, स्वास्थ्यकर्मी, स्वमसेविका मिलेर ठिनीमा कोरोना नियन्त्रणमा जुटेका छन् ।

तपशिल सहयोग गर्ने युवाहरु

१) आस बहादुर थकाली USA २) शुसिल थकाली USA ३) किरण थकाली USA ४) सोमत थकाली USA ५) ललिता थकाली CANADA ६) सुशिला थकाली USA ७) भक्ति थकाली USA ८)जितेन्द्र थकाली USA ९)बिमला गुरुङ थकाली USA १०) रन्जित थकाली USA ११) सोङो गुरुङ थकाली USA १२) सुरेन्द्र थकाली USA १३) आस्था थकाली USA १४) अनिस्मा थकाली USA १५) सुकलाल थकाली USA १६)शिक्षा थकाली USA १७) अनिस थापा USA १८) प्रतिक्षा थकाली USA १९) सुनेना थकाली USA २०) सुकमाया बस्नेत थकाली USA २१) अच्युत थकाली AUSTRALIA

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...