ठूलोबगर र मान्द्रेढुङ्गा नमुना कृषि गाउँ

Gandaki Pardesh notice

ठुलोबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र मान्द्रेढुङ्गामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बावजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमकी कृषि प्राबिधिक जेनिसा चोखालले जानकारी दिनुभयो । “प्रदेश सरकारको ८५ र समूहको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “समुह मार्फत बंगुरपालन र तरकारी खेती बिस्तार गर्न लागिएको छ ।”

Shreekrishna hardwear in news

बिषादी र रासायनिक मलको प्रयोग बिना जैबिक प्रबिधिको प्रयोग गरेर खेती गरि वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले ठुलोबगर र मान्द्रेढुङ्गालाई सिफारिस गरेको थियो ।

समुह अन्तरगत ६० घरधुरी कृषकहरु कार्यक्रममा आवद्ध भएका छन् । कार्यक्रम मार्फत मान्द्रेढुङ्गाको देउरालीमा बंगुर र ठूलोबगरमा सामूहिक तरकारी फार्म स्थापनाका लागि पुर्बाधार निर्माण भैरहेको समूहका अध्यक्ष देब गर्बुजाले बताउनुभयो ।

Bhautik ministry notice about road

करिब १०० वटा बंगुर पाल्न मिल्ने क्षमताको खोर र १० रोपनी जग्गामा १२ वटा सेमिहाइटेक प्रबिधिको पलास्टिक घर (टनेलं) बनाउन लागिएको छ । बंगुरका पाठापाठी, थोपा सिचाई सेट र गोलभेडा, खुर्सानी, काउली, बान्दा आदी जातका तरकारीको बिउ खरिद, मिनिटेलर हलो बितरण गर्ने कार्यक्रम छ । तरकारी र बंगुरपालन सम्बन्धी तीन÷तीन दिनको तालिम निषेधाज्ञाका कारण रोकिएको छ ।

मान्द्रेढुङ्गा र ठूलोबगर पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी तथा गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकैका बस्ती हुन् । बजार नजिकै भएकाले तरकारी तथा बंगुर बिक्रीमा सहज हुने समूहका उपाध्यक्ष लोकबहादुर पुर्जाले बताउनुभयो । उहाँले सामूहिक रुपमा युवाहरु मिलेर तरकारी खेती र बंगुरपालन गर्न लागिएको बताउनुभयो ।

बंगुरपालनका लागि रु. २५ लाख र तरकारी खेतीलाई रु. १५ लाख बाँडफाड भएको छ । कृषक समूहको तर्फबाट रु. छ लाख लगानी गर्ने जनाइएको छ । नमुना कृषि कार्यक्रम लागू भएकोमा स्थानीयबासी उत्साहीत भएका छन् ।

प्रदेश सरकारले बेनीको सिंगा सुर्केमेला, बास्कुना, मंगलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, धवलागिरीको खिबाङ–खाम्ला र रघुगंगाको भगवति घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...