हाँडेभिरमा नदी नियन्त्रण योजना

Gandaki Pardesh notice

बाबियाचौर । तीन तहका सरकारको लगानीमा म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ ।

गत बर्खामा म्याग्दी नदीमा आएको बाढीले हाँडेभिर स्थित पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक बगाउनुका साथै बस्ती र पालिका स्तरीय अस्पताल निर्माणका लागि प्रस्तावित ठाउँमा रहेको स्वास्थ्य चौकीको भवन जोखिममा परेको छ । हाडेभिर खण्डमा करिब तीन सय मिटर सडक कटान गरेर बगाएको थियो ।

मंगलाको सबैभन्दा ठूलो वडा अर्मनका बस्तीलाई जोड्ने सडक पुनःनिर्माण र बस्ती संरक्षणका लागि संघीय, प्रदेश सरकार र गाउँपालिकाको लगानीमा नदी नियन्त्रण आयोजना सञ्चालन गरिएको वडा अध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित फरक–फरक प्याकेजमा पक्कि र ग्यावीयन पर्खाल निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो “गाउँपालिकाको प्राथमिकता प्राप्त यो आयोजनाबाट हाँडेभिरको बस्ती र खेतीयोग्य जमिन संरक्षण हुन्छ । अवरुद्ध सडक पुनः सञ्चालन गर्ने योजना छ ।”

नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न संघीय सरकारको स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम मार्फत रु. २५ लाख र गाउँपालिकाले रु. ७५ लाख बिनियोजन गरेका थिए । ५१ मिटर लम्बाई र ४ मिटर उचाईको पर्खाल निर्माण गर्न आचार्य निर्माण सेवाले रु. ६९ लाखमा ठेक्का लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।

Bhautik ministry notice about road

बि.स. २०७७ चैत १३ गते सम्झौता भएको आयोजनाको करिब असी प्रतिशत निर्माण सकिएको छ । २.५ मिटर चौडाइ र डेढ मिटर अग्लो जग बनाइएको पर्खालको तीन मिटर उचाईसम्म ढलान सकिएको निर्माण ब्यवसायी महेन्द्र आचार्यले बताउनुभयो । निषेधाज्ञाको समयमा पनि निरन्तरता दिएको आयोजना केही दिनमै निर्माण सकिने उहाँले बताउनुभयो ।

ठेक्का लगाएर बचेको रु. ३० लाख सात हजार ९४४ मध्य उपभोक्ता समितिसँग ग्यावीन जाली भर्न रु. १२ लाख ३० हजारमा सम्झौता भएको छ । गाउँपालिकाको बजेटबाट श्रमिकलाई ज्याला दिएर भू–तथा जलाधार संरक्षण कार्यालयले उपलब्ध गराएको ४१० थान ग्यावीयनमा ढुङ्गा भरेर पर्खाल निर्माण अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सचिव बिमल सापकोटाले बताउनुभयो ।

भू–तथा जलाधार संरक्षण कार्यालय गण्डकी प्रदेश सरकारको उद्योग, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय अन्तरगतको हो । दुई ठाउँमा ९० र ३३ मिटर दुरीमा ग्यावीयन पर्खाल निर्माण गरिएको छ । पर्खाल माथि फिलिङ्ग (ढुङ्गा, माटो) राखेर सडक बनाउन लागिएको हो । ग्यावीयन जाली भर्ने कामलाई पुर्णता दिन र फिलिङ्ग गर्न थप बजेटको ब्यवस्थापन गर्न उपभोक्ता समितिले गाउँपालिकालाई अनुरोध गरेको छ ।

यसैगरी प्रदेश सरकार अन्तरगतकै खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयको सहयोगमा हाँडेभिर स्थित म्याग्दी नदी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ । कार्यालयको रु. नौ लाख अनुदान सहयोगमा ७० थान ग्याबीयन पर्खाल निर्माण भएको इञ्जिनियर बालकृष्ण बुढाथोकीले बताउनुभयो ।

हाँडेभिर नदी नियन्त्रण तथा संरक्षण समितिका अध्यक्ष हर्क रोकाले कटान रोकथामको योजनाले सुरक्षित महशुस गरेको बताउनुभयो । तर पोक–नेटा हुदै किमचौर जोड्ने सडकको नेटा खण्डमा सडक बिस्तारका क्रममा पाखोमा फालिएको माटो बगेर हाडेभिर खोल्सामा आउने बाढीले जोखिम बढाएको उहाँले बताउनुभयो ।

बस्ती माथिको पाखोमा फालिएको सडकको माटो बगेर बाढी आउँदा उपल्लो हाँडेभिरका तीन घर बिस्थापित भएका छन् । हाँडेभिरका ७ वटा घर जोखिममा परेका छन् । हाँडेभिर र काँसेबगरका ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजनामा क्षति पुगेको छ । पिपलबोट–सेराफाँट सिचाई आयोजनाका करिब एक सय मिटर नहर पुरिदाँ धानको ब्याड राख्न समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...