प्रहरीद्धारा बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश मार्फत पठाएको दुई थान अस्किजन कन्सनटे«टर मेसिन अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई लगायत सुरक्षा समितिका पदाधीकारीहरुले बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख डाक्टर जितेन्द्र कडेललाई उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

अस्किजन कन्सनटे«टर मेसिन कोरोना भाइरसका संक्रमित लगायत स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामीहरुको उपचारमा प्रयोग गरिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...