संगितकर्मी संघद्धारा कल्याणकारी कोष स्थापना

Gandaki Ghumau

बेनी । राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले कल्याणकारी कोष स्थापना गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रभावित संगितकर्मीलाई सघाउने उद्देश्यले स्थापित कोषबाट आपत् विपत्मा परेका संगितकर्मीलाई पनि सघाउने र कोषलाई दुई लाख रुपैयाँको बनाउने संघले जनाएको छ ।

Gunasthariya Shiksya

कोरोना संक्रमण भई काठमाडौको ग्राण्डी अस्पतालमा उपचाररत संघकी सदस्य अस्मि गौतमलाई दश हजार रुपैयाँ सिर्जना रोकाको संयोजनमा उपलब्ध गराएको छ । भर्चुअल माध्यमबाट बसेको संघको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको सहसचिव गोकुल सुनारले बताउनुभयो ।

Shreekrishna

प्रदेश सदस्य दिलु मगर, निबर्तमान अध्यक्ष भुपेन बानिया, जिल्ला कार्यसमितिका अध्यक्ष बिपिन पौडेल, बरिष्ठ उपाध्यक्ष दिर्घ रोका, प्रथम उपाध्यक्ष किसान बिश्वकर्मा, दृतीय उपाध्यक्ष सिर्जना रोका, सचिब बादल शाही, सहसचिब गोकुल सुनार, सदस्य सुमन सुनार लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...