बैदेशिक रोजगारमा ठक्कर खाएका युवा भैसीपालनमा

Gandaki Pardesh notice

बेनी । बैदेशिक रोजगारमा ठक्कर खाएका म्याग्दीको मंगला गाउँपालिका–५ सेराफाँटका एक युवाले ब्यवसायिक भैसीपालन सुरु गर्नुभएको छ ।

सेराफाँटका ३८ वर्षीय टोपलाल सापकोटाले सफल कृषि तथा पशुपंक्षी फार्म खोलेर बैदेशिक रोजगारको बिकल्पमा ब्यवसायिक भैसिपालन गर्नभएको हो । गत साउनमा सुरु गरेको फार्ममा हाल एक वटा स्थानीय र छ वटा उन्नत मुर्रा जातको भैसी छन् ।

सापकोटा रोजगारीको खोजीमा करिब दश वर्ष साउदी, दुवई, कतारमा भौतारिनुभयो । पछिल्लो पटक अफगानिस्तान, जापना र पोर्चुगल जानका लागि गरेको प्रयास सफल नभएपछि बिदेश जाने योजना त्यागेर भैसीपालनमा लागेको सापकोटाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

करिब १५ लाख रुपैयाँ लगानी गरेर भैसी खरिद र पुर्बाधार बनाउनुभएको छ । उहाँलाई श्रीमति यामकुमारी सापकोटा (मिना)ले पनि भैसीपालनमा सघाउनुभएको छ । दैनिक ३० देखि ३५ लिटरका दरले दूध उत्पादन गर्नुहुन्छ ।

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारका डेरी र उपभोक्ताको घरमा पिठ्युमा बोकेर दूध आपुर्ति गर्नुहुन्छ । उहाँले भैसीपालनका लागि अहिलेसम्म सरकारी निकायबाट अनुदान लिनुभएको छैन् ।

मंगला गाउँपालिकाले भैसी खरिदका लागि पचास हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा छनौट गरेपनि भुक्तानी पाइनसकेको सापकोटाले बताउनुभयो । भैसीपालनलाई ब्यवस्थित गर्दै निरन्तरता दिने सापकोटाको योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...