माउन्टेन हर्ट नेपालद्धारा मुस्ताङमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

Gandaki Kotihome

जोमसोम । मुस्ताङमा कोरोना (भाइरस)बाट संक्रमित र स्वाब प्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

मुस्ताडबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा “माउन्टेन हर्ट नेपाल’’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था “डाईरेक्ट रिलिभ’’ मार्फत उपलब्ध सामग्री बिहिबार जोमसोममा मुस्ताङका स्थानीय तहहरुलाई उपलब्ध गराइएको थियो ।

मुस्ताडको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई २÷२ थान अक्सिजन कल्सन्ट्रेटर उपलब्ध गराइएको तुलाचनले जानकारी दिनुभयो । “अक्सिजन कल्सन्ट्रेटरले कोभिड संक्रमित मात्र नभई अन्य बिरामीको उपचारमा पनि सहयोग पुग्छ,” उहाँले भन्नुभयो “स्थानीयबासीका साथै लेक लागेर बिरामी हुने पर्यटक र तिर्थयात्रीका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

विदेशी संस्थाबाट सहयोग प्राप्त सामाग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका प्रबन्धक बिजय पौडेल र इन्जिनियर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताङ पुग्नुभएको थियो । माउन्टेन हर्ट नेपालले गोर्खा ,नुवाकोट र मुस्ताडमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाले केही दिनभित्रै मनाङ, म्याग्दी,रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लाहरुमा अस्किसजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । मुस्ताङ अस्पतालमा हालसम्म सघन उपचारकक्ष र भेन्टिलेटरको सुबिधा छैन् । अस्पतालमा पर्याप्त जनशक्ती समेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताडका स्थानीयलाई बहुउपयोगी हुने जनाइएको छ ।

मुस्ताड जिल्ला अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिन्डरमा अक्सिजन भर्ने उपकरण नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ । बर्खायामको मौसममा बाढी÷पहिरो र नदीकटानका कारण सडकको दुरअवस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताङ लैजान समस्या हुने गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...