धवलागिरी समाज काठमाडौद्धारा स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

ताकम । धवलागिरी गाउँपालिका समाज काठमाडौले कोरोना महामारी रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

धवलागिरी गाउँपाकिलाका ७ वटा वडामा रहेका स्वास्थ्य चौकी र प्रहरी चौकीलाई रु. तेइस हजार ५०० रुपैयाँ मूल्य बराबरको मास्क, स्यानीटाइजर लगायत स्वास्थ्य सामग्री र औषधी सहयोग गरेको हो ।

Bhautik ministry notice about road

समाजका प्रतिनिधी चक्रबहादुर थापा, रेशम भण्डारी र आकाश केसीले गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्री र ताकम स्वास्थ्य चौकीका लोकनाथ पौडेललाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । यसैगरी ताकमको प्रहरी चौकीलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकामा जन्मथलो भई काठमाडौमा बसोबास गर्नेहरु आवद्ध भएर हालै समाज गठन गरेका थिए । समाजले केही समय अघी भित्तेपात्रो प्रकाशन गरेको थियो । गाउँपालिकाका पदाधीकारीहरुसँग छलफल गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...