भरजुला, सल्यान र भाइवाङका बासिन्दा सिचाई कुलो निर्माणमा व्यस्त

Gandaki Pardesh notice

सल्यान । महामारीको रुपमा फैलिएको कोरोना कहरका बीच म्याग्दीको मंगला गाउँपालिका–१ भरजुला, २ नम्बर वडा सल्यान र भाइवाङका कृषकहरु सिचाई कुलो निर्माणमा जुटेका छन् । गाउँलाई कोरोनाबाट सुरक्षित बनाउदै विकासका कामलाई निरन्तरता दिएका हुन् ।

खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले मंगला गाउँपालिकामा सञ्चालन गरेको भरजुला रातोपानी र भाइवाङ–सल्यान सिचाई आयोजना निर्माण कार्यलाई कोरोना भाइरसको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि निरन्तरता दिएका छन् ।

दुई वटै आयोजनाको उपभोक्ता समितिले निर्माण सामग्रीको ब्यवस्थापन, स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर स्थानीय मजदुर परिचालन गरी सिचाईको नहर निर्माणमा जुटेका हुन् । कोरोनाबाट गाउँलाई सुरक्षित बनाउदै बिकास निर्माणलाई निरन्तरता दिएको सल्यान–भाइवाङ सिचाई आयोजनाका अध्यक्ष खुमबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

१७ हेक्टरमा सिचाई गर्ने लक्ष्य सहित सञ्चालन गरिएको चालु आर्थिक वर्षमा रु. तीस लाख बजेट बिनियोजन भएको रातोखोला–भरजुला सिचाई आयोजनाको इन्टेक र चार सय मिटर नहर निर्माण सकिएको छ । यो आयोजनामा गत वर्ष रु. २३ लाख खर्च भएको थियो । २० हेक्टर क्षेत्रफलमा सिचाई गर्ने लक्ष्य राखिएको भाइवाङ–सल्यान सिचाई आयोजनाको इन्टेक र ६५० मिटर नहर बनाउनुपर्नेमा करिब चार सय मिटर बनाइसकेको अध्यक्ष कटुवालले बताउनुभयो ।

गत वर्ष १३ लाख रुपैयाँ खर्च भएको यो आयोजनामा यस वर्ष ३० लाख रुपैयाँ बिनियोजन भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रातोखोला–भरजुलाको ५० प्रतिशत र सल्यान–भाइवाङ सिचाई आयोजनाको ७० प्रतिशत भौतिक प्रगति भएको खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख कुमार खड्काले बताउनुभयो ।

भिरालो भूगोलमा रहेको भरजुला, सल्यान र भाइवाङमा पानीको स्रोत भएपनि पुर्बाधार नहुँदा सिचाईको समस्या थियो । कच्चि नहर र मुहानबाट पाइपमा पानी ल्याएर सिचाई गर्दै आएका थिए । कच्चि नहरमा पानी चुहिने, सिचाई गर्न पालो पर्खनुपर्ने र पाइपबाट सिचाई गर्दा धेरै खर्च हुन्थ्यो । सिचाई आयोजना निर्माण भएर नियमित पानी आपुर्ति हुन थालेपछि समयमै खेतीबाली लगाउन पाउनुका साथै उत्पादन बढ्ने भरजुलाका कृषक झलक गैरेले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...