धवलागिरीका पहिरो पिडितलाई घर पुननिर्माणको चटारो

Gandaki Ghumau

बेनी । कोरोना कहरका बीच म्याग्दीको धवलागिरी–६ मराङ र –७ ताकमका पहिरो पिडितलाई निजी आवास पुनःनिर्माणको चटारो परेको छ ।

गत असार २५ र २६ गतेको पहिरोले बगाएका, पुरिएका र भत्किएका घर दश महिनापछि पुनःनिर्माण सुरु भएको हो । पहिरोमा परि धवलागिरीमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । ७१ वटा घर भत्किएका थिए ।

कोरोना महामारीको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बावजुद पहिरो पिडितहरु घर निर्माणमा जुटेका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा ३९ वटा घर पुननिर्माण सुरु भएको जानकारी दिनुभयो ।

Shreekrishna

‘‘पहिलो चरणमा छनौट भएका ५५ मध्य १४ वटा घर म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बनाएको छ,’’ उहाँले भन्नुभयो ‘‘सम्झौता गरेका ३९ वटा घरका धनीलाई गाउँपालिकाले पचास हजार रुपैयाँका दरले अनुदान पठाएर निर्माण सुरु गराएका छौ ।’’

Gunasthariya Shiksya

मोनाले रु. पाँच÷पाँच लाख खर्चेर मराङमा १० वटा र धारापानीमा ४ वटा तीन÷तीन कोठे र शौचालय सहितको घर पुनःनिर्माण गरेको हो । गाउँपालिकाले पहिरो पिडितको घर पुननिर्माणका लागि समुदाय स्तरबाट जुटाएको करिब रु. १९ लाख बितरण गरेको छ ।

छुटेका १६ वटा लाभग्राहीको नाम थप गर्न प्राबिधिकको स्थलगत सर्वेक्षण प्रतिवेदन सहित जिल्ला बिपद् ब्यवस्थापन समितिलाई सिफारिस गरेको अध्यक्ष पुनले बताउनुभयो । तीन वटा घरले पुननिर्माण सकेर बस्न थालिसकेका छन् ।

पहिरोले भत्काएको एक वटा जनता आवास र एक वटा राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत पुननिर्माण हुदैछ । अन्यत्र पनि घर भएका एक जनालाई लाभग्राहीको सूचिबाट हटाइएको छ ।

गाउँपालिकाको दश, प्रदेशको तीस र संघको साठी प्रतिशत लागत साझेदारीमा निजी आवास पुननिर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो । तोकिएको मापदण्ड अनुसारको प्रति घर बनाउन सरकारको तर्फबाट पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइने भएको छ ।

यसैगरी धवलागिरी गाउँपालिकामा यस वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत ७९ वटा घरको खरको छानो बिस्थापित गराउन छनौट गरिएको छ । खर र भकारीले छाएका घरको छानोमा जस्तापाता राख्न रु. पचास हजारका दरले अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...