अन्नपूर्णको तातोपानी कुण्डमा पुर्बाधार निर्माण

Gandaki Pardesh notice

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरि ब्यवस्थित बनाउन पुर्बाधार निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङ्गको तातोपानी कुण्डमा स्नान स्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डहरुलाई ब्यवस्थित बनाउन पुर्बाधार निर्माण गरेको बताउनुभयो ।

“प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा बिकास गर्न पुर्बाधारले सहयोग पुग्ने बिश्वास छ,” उहाँले भन्नुभयो “पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्कि पर्खाल र शरिर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ । स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।”

Shreekrishna hardwear in news

रु. २५ लाख लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगंगा निर्माण सेवाले रु. १७ लाख ७४ हजार ९५८ मा ठेक्का लिएको थियो । सम्झौता अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले बताउनुभयो ।

यसैगरी पाउद्धार तातोपानी कुण्डमा पनि दुई वटा पोखरी र ट्«सले छाएको टहरा निर्माण भएको छ । पिसिसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । रु. २० लाख लागत अनुमान गरिएको यो योजना निर्माण गर्न बिएनबी कन्ट्रक्सनले रु. १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो ।

Bhautik ministry notice about road

निर्माण कम्पनीले सम्झौता अनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जिनियर भण्डारीले बताउनुभयो । गाउँपालिका बाहेक पाउद्धार तातोपानी कुण्ड ब्यवस्थापन तथा संरक्षण समितिले पनि पुर्बाधार तयार पारेका छन् ।

समितिका अध्यक्ष रुमलाल पुनले नयाँ टहरा, सानो पोखरी, विश्राम स्थल, शौचालय र पोखरीको भुईमा ढुङ्गा बिछ्याइएको बताउनुभयो । समितिको कोषमा रहेको रकम र यस वर्ष पुष देखि चैत सम्म स्नानका लागि आएकाहरुबाट जुटाएको सहयोग गरी रु. ६ लाख बराबरको काम गरेको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको वडा न. ६ स्थित रातोपानी कुण्डमा निर्माण भएको पक्कि पर्खाल, पोखरी र टहरा । तस्बिर धौलागिरी खबर

रातोपानी र पाउद्धारको तातोपानी कुण्ड उपचार स्थलको रुपमा परिचित छन् । चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, गानोगोला लगायत समस्या भएका बिरामीहरु उपचारका लागि यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन् ।

टहरा र पोखरी भएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको छ । खुल्ला ठाउँमा स्नान गर्दा झरी पर्दा रुझाउने र गर्मीमा घामले पोल्ने समस्या थियो । पोखरीमा शरिर डुबाएर स्नान गर्न पनि सहज भएको छ ।

यसैगरी गाउँपालिकाको रु. लाख सहयोगमा भुरुङ्ग–तातोपानी कुण्डमा स्नान स्थल, तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई ब्यवस्थित गरिएको छ । भुरुङ्ग तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...