देबिस्थानका धजेन्द्रको हत्यामा संलग्न दुई जना कारागार र तीन जना सुधारगृह पठाइए, बेनी–जोमसोम र दरबाङ धारापानी सडक अवरुद्ध

Gandaki Pardesh notice

बेनी । केही दिनदेखिको निरन्तरको बर्षासँगै म्याग्दीको ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा बिरामीहरुलाई स्वास्थ्य संस्था र अस्पताल पु¥याउन समस्या भएको छ ।

निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन नचलेपछि महामारीको रुपमा फैलिएको कोरोना संक्रमित र अन्य स्वास्थ्य समस्या भएर अस्पताल जाने आउनेहरुका लागि सडक अवरुद्ध हुँदा समस्या भएको हो ।

बुधबार रातीदेखि निरन्तर भइरहेको बर्षाका कारण म्याग्दीको बेनी–जोमसोम, दरबाङ–धारापानी लगायत सडकमा यातायातका साधन आवत जावतमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा दुई ठाउँमा अवरुद्ध बनेको छ ।

Shreekrishna hardwear in news

रघुगंगा गाउँपालिका–२ चमेरे र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा खण्डमा पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउने प्रयास शुक्रबार साँझ सम्म जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिक्रमराज गुरुङले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासँग सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । यो सडक बिहिबार पनि दिनभर अवरुद्ध बनेको थियो । यसैगरी धवलागिरी गाउँपालिकालाई जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत देबिस्थानको भिरबाट थापाचौर खण्डमा खसेको पहिरोले अवरुद्ध बनेको छ । प्रहरीका अनुसार तीन वटै सडक खुलाउने प्रयास जारी छ ।

यसैगरी एक महिनाअघि म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानका २७ वर्षीय धजेन्द्र पुनको हत्यामा संलग्न दुई जनालाई पुर्पक्षका लागि कारागार र तीन जनालाई सुधार गृह चलान गरिएको छ ।

म्याग्दी जिल्ला अदालतको आदेश अनुसार देबिस्थानका रामबहादुर परियार र भेषबहादुर बिकलाई पुर्पक्षका लागि म्याग्दी कारागार चलान गरिएको छ । घटनामा संलग्न अन्य तीन जना १८ वर्ष भन्दा कम उमेरका भएकाले कास्कीको सारङकोटमा रहेको बाल सुधार गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

उनिहरुले २०७८ बैशाख १४ गते रिसइबी साँध्न धजेन्द्रको हत्या गरेर ओडारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा २५ गते शव फेला परेको थियो । २६ गते पोखराबाट पक्राउ परेका उनिहरुबिरुद्ध जन्मकैद माग दावी सहित जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दर्ता भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...