म्याग्दीमा थप ६२ जनामा कोरोना

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सहित हालसम्म म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ६१५ जना पुगेको छ । कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले ६२ मध्य ३६ जना बेनी नगरपालिकाका छन् ।

Bhautik ministry notice about road

यसैगरी मालिकाका १, अन्नपूर्णका १२, मंगलाकाका २, रघुगंगाका ४ र जलजलाका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर बिधिबाट गरिएको परिक्षणबाट ५६ र एन्टिजेन परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

Shreekrishna hardwear in news

मंगलबार ४८ जना संक्रमित निको भएर आइसोलेशन मुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा हाल सक्रीय संक्रमितको संख्या ५३२ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको २२५ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

बेनी अस्पतालको आइसोलेशनमा मंगलबार २१ जना संक्रमितको उपचार भएको छ भने ५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । १२ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ । बेनी अस्पतालले १९ वटा स्वाबको नमुना संकलन गरेको छ । एक जनालाई मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...