संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी– माओवादी केन्द्र म्याग्दी

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ ।

माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको संसद बिघटनलाई असबैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै बिरोध तथा भत्र्सना गर्नुभएको छ ।

अल्पमतका प्रधानमन्त्रीले तीस दिनभित्र संसदमा बिश्वासको मत लिनुपर्ने र बैकल्पिक सरकार गठनको सम्भावना भएपनि संबिधानको प्रतिकुल र राजनैतिक दुरासयपूर्ण हिसाबले हठातमा संसद बिघटन गरिएकोमा अध्यक्ष पौडेलले बिरोध जनाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रधानमन्त्रीको गलत क्रियाकलापलाई साथ दिएर राष्ट्रपतिले पदीय दायित्व र गरिमालाई धुलोमा मिलाएको टिप्पणी गर्नुभएको छ । असवैधानिक कदमको माओवादीले कानुनी उपचारका साथै राजनीतिक हिसाबले प्रतिवाद गर्ने पौडेलले जनाउनुभएको छ ।

सार्वभौमसत्ता एवं स्वाधिनता, संबिधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, वुद्धिजिवी, कानुनबिद, मानवअधिकारबादी, पेशाकर्मी लगायत आम जनसमुदायलाई एकतावद्ध भई राष्ट्रिय स्वधिनता, संबिधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन र संघर्ष गर्नुभएको छ ।

कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुुनुपर्ने अवस्थामा सत्तास्वार्थमा लागेर सरकारले जनस्वास्थ्यमाथि लापरबाही गरेको उहाँले जनाउनुभएको छ । माओवादी केन्द्रले म्याग्दीमा कोरोना महामारी नियन्त्रण, ब्यवस्थापनका लागि वडा तहसम्म कोभिड सेवा इकाई गठन गरेर सघाएको विज्ञप्तिमा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...