म्याग्दीमा ११९ जना कोरोना संक्रमित थपिए

Gandaki Ghumau

बेनी, । म्याग्दीमा शनिबार थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले पिसिआर बिधिबाट १०४ जना र एन्टिजिन बिधिबाट १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

Gunasthariya Shiksya

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पिसिआर बिधिबाट गरिएको परिक्षणका क्रममा बेनी नगरपालिकामा ३७ जना, मंगला गाउँपालिकामा दुई जना, रघुगंगा गाउँपालिकामा ४९ जना, अन्नपूर्ण गाउँपालिकामा दुई जना, मालिका गाउँपालिकामा ११ जना र जलजलाका तीन जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।

Shreekrishna

एन्टिजिन बिधिबाट गरिएको परिक्षणका क्रममा बेनी नगरपालिकामा एक जना, अन्नपूर्णका १, रघुगंगाका ७, धवलागिरीका ३, मंगलाका १ र जलजलाका दुई जनामा कोरोना पुष्टि भएको लम्सालले बताउनुभयो । योसँगै हालसम्म म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ३१६ जना पुगेको छ ।

गत बैशाख महिनायता मात्र एक हजार जना भन्दा बढीमा कोरोना पुष्टि भएको छ । शनिबार ६९ जनाले कोरोना जितेर आइसोलेशनमुक्त हुदाँ म्याग्दीमा सक्रीय संक्रमितको संख्या ३८४ जना छ । परिक्षणका लागि पठाइएको ६०६ वटा स्वाबको नतिजा आउन बाँकी छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...