१२० किलो तौल भएको बोकाको मुल्य रु. तीन लाख !

Gandaki Ghumau

बेनी । म्याग्दीका एक कृषकले पालेको एउटा बोकाको तौल १२० किलोग्राम भन्दा बढी छ ।

दुई वर्षमा रु. एक लाख आम्दानी गरेको बोका पालेका कृषक गजानन्द सुबेदीले रु. तीन लाखमा बेच्ने तयारीमा हुनुहुन्छ । नरवदा कृषि तथा पशुपक्षी फर्मका सञ्चालक सुबेदीले मंगला गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा दुई वर्षअघि तीन महिनाको बोयर जातको बोका ल्याउनुभएको थियो ।

मंगला नमुना बाख्रा समूहले पाएको बोका पाल्न समुहले सुबेदीलाई दिएका थिए । दुई वर्षपछि पाल्नेले आफ्नै बनाउन पाउने निर्णय समूहले गरेको थियो । सोही निर्णय अनुसार दुई वर्ष बोका पालेका सुबेदीले आफ्नो बनाएर बेच्न लाग्नुभएको हो ।

Shreekrishna

नश्ल सुधारका लागि गाउँपालिकाले अनुदानमा ब्याडका लागि बोयर जातको बोका दिएको थियो । “ब्याड लगाए वापत रु. ५०० का दरले शूल्क लिन्छु,” उहाँले भन्नुभयो “दुई सय बाख्रालाई ब्याड लगाएको बोकाबाट रु. एक लाख आम्दानी भयो ।”

Gunasthariya Shiksya

सुबेदीले चितवनका कृषकलाई रु. तीन लाख रुपैयाँ बोका बेच्न लाग्नुभएको छ । बैशाखमा आउने भनेका ग्रहाक निषेधाज्ञाले रोकिएका हुन् । यो बोका ८७.७ प्रतिशत बोयरको शुद्धता छ । ६५ प्रतिशत बोयर भएको अर्को बोका पनि रु. ४५ हजारमा बेच्न लागेको सुबेदीले बताउनुभयो । उहाँसग हाल २२ वटा बाख्रा छन् ।

हाडनाता हुने भएकाले जिल्ला बाहिरनै बोका बेच्न लागेको सुबेदीले बताउनुभयो । छिटो बढ्ने र बढी तौलको हुने भएकाले बोयर जातको बाख्रापालनप्रति कृषकको आकर्षण बढेको छ ।

२० बर्ष कुवेतमा काम गर्नुभएका सुबेदीले बिदेशबाट फर्किएर दुई वर्षअघिनै कृषि ब्यवसाय सुरु गर्नुभएको थियो । उहाँले बाख्रापालनको साथै रैथाने बालिको ब्यवसायिक खेति पनि गर्नुभएको छ ।

फापर र स्थानीय जातको सिसीको ब्यवसायिक खेती गर्नुभएका उहाँलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु. एक लाख पाँच हजार रुपैयाँ अनुदान दिएको थियो । खाद्यबाली प्रसोधन गर्न मिल जडान गर्नुभएका सुबेदीले मुत्र संकलन गर्ने टंकी र भैसी बाँध्ने भकारो सुधार गर्नुभएको छ ।

भकारोबाट पाइप मार्फत टंकीमा संकलन हुने मुत्र खेतीबालीमा प्रयोग गर्नुहुन्छ । रासायनिक बिषादीको बिकल्पमा गाईबस्तुको मुत्र प्रयोग गर्दा खेतीबाली राम्रो हुने र वातावरणीय असर नहुने उहाँको अनुभव छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...