कोरोना नियन्त्रणमा यसरी जुटेको छ अन्नपूर्ण गाउँपालिका

Gandaki Pardesh notice

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आइसोलेशन सञ्चालन गरेको छ ।
कोरोना संक्रमितको ब्यवस्थित र सुरक्षित रुपमा उपचार गर्नका लागि नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शैयाको आइसोलेशन कक्ष पुन सञ्चालन गरेको हो ।
गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधी सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलबिद्युत आयोजनाहरुले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ति भवन प्रयोगबिहिन बनेका थिए ।


सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रंगरोगन, खानेपानी, बिद्युत जडान गरेर आइसोलेशन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्न थालिएको बताउनुभयो ।

अन्नपुर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पतालको संरचना । तस्बिर धौलागिरी खबर
Shreekrishna hardwear in news


“तत्काल मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेका छौ,” उहाँले भन्नुभयो “गाउँपालिकाले तलबको व्यवस्थापन गर्ने गरेर चिकित्सक ल्याउदैछौ । थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा छ । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको पचास प्रतिशत अतिरिक्त सुबिधाको ब्यवस्था मिलाएका छौ ।”


कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीहरुको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिण्डर अक्सिजनको ब्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले छ जना स्वास्थ्यकर्मीहरुको तीन वटा समूह बनाएर २४ सै घण्टा सेवा दिइएको बताउनुभयो । एक जना सहयोगी पनि खटिएका छन् ।

“बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर दुई जनालाई अक्सिजन लगाएर र एक जनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको छ,” उहाँले भन्नुभयो “अन्नपूर्णमा करिब तीस जना सक्रीय संक्रमित छन् । सात जनाले कोरोना जितेका छन् ।” केहीदिन अघि कोरोना संक्रमण निको भएका सिनियर अहेव बिक्रम पुनको नेतृत्वमा आइसोलेशन र कोरोना अस्पताल सञ्चालन भएको छ ।


ब्यवस्थापकीय र समन्वयको जिम्मेवारी स्वास्थ्य शाखा संयोजक बरुवाललाई दिइएको छ । हालै कोरोना संक्रमण मुक्त हुनुभएकी प्रयोगशालाकी प्राबिधिक मेनुका ज्वारचन पनि स्वास संकलन, एन्टिजिन परिक्षणका साथै संक्रमितको उपचारमा खटिनुभएको छ । गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने अर्का एक जना सहयोगी कर्मचारी अझै संक्रमित हुनुहुन्छ ।


ग्रामिण क्षेत्रका प्राय कच्चि घरको संरचना परिवारका सदस्यसँग दुरि कायम गर्न मिल्ने र अलग्गै शौचालय हुदैन् । संक्रमितलाई ब्यवस्थापन गर्न नसक्दा कोरोना थप फैलने जोखिम हुने भएकाले आइसोलेशनमा राखेर उपचार गर्दा सुरक्षित र ब्यवस्थित हुने अध्यक्ष पुनले बताउनुभयो ।


वडा न. ४ गाडपारमा शुक्रबार एकै परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । एउटै परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । चैत तेस्रो हप्ता अन्नपूर्ण–४ नारच्याङमा जलबिद्युत आयोजनाका ११ जना कर्मचारी र समुदायका चार जनामा कोरोना संक्रमण भएको थियो । जुन दोस्रो लहरको सुरुवाती अवस्था थियो । यसै हप्ता वडा न. २ ठुलोबगरमा बस्ने एक वृद्धको कोरोना संक्रमणका कारण उपचारका क्रममा बेनी अस्पतालमा ज्यान गएको थियो ।


आठ वटै वडाका स्वास्थ्य चौकीमा पनि एक÷एक वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ । गाउँपालिकामा निर्माणाधिन जलबिद्युत आयोजनाहरुले अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधी निशूल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताउनुभयो ।

Bhautik ministry notice about road
अन्नपुर्ण गाउँपालिकाका स्वास्थ्यकर्मीह दानामा स्वाबको नमुना संकलन गर्दै । तस्बिर तस्बिर सुरेन गुरुंग


कोरोना अस्पतालमै स्वास्थ्यकर्मी र संक्रमितहरुको खाजा, खानाको लागि क्यान्टिन चलाइएको छ । प्रतिव्यक्ति प्रतिदिन रु. पाँच सयका दरले खाना खुवाउने ब्यवस्था मिलाइएको छ । विपन्नलाई वडा समितिको सिफारिसमा आइसोलेशनमा बस्दाको खानाको शूल्क पालिकाले तिरिदिने अध्यक्ष पुनले बताउनुभयो ।


कोरोना संक्रमितलाई स्वास्थ्य संस्था, अस्पताल पु¥याउन एक वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले बताउनुभयो । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएको पालिकाको गाडीलाई स्वास्थ्यकर्मीलाई आवत जावतका लागि प्रयोग गरिएको छ ।


उपाध्यक्ष र अनुगमन समितिको टोलीका लागि भाडामा लिइएको गाडीलाई पनि औषधी, स्वास्थ्य सामग्री ढुवानी र आवश्यक परेको अवस्थामा बिरामी बोक्न तयार पारिएको छ । कोरोना संक्रमित पनि बोक्नुपर्ने र थप समय काममा लगाइने भएकाले गाडीको मासिक भाडा सम्झौता बढाइएको छ ।


कोरोनाको अवस्था पहिचानका लागि वडा न. ७ र ८ बाहेकका ठाउँमा पुगेर स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र शंकास्पद बिरामीहरुको २८० पिसिआर नमुना संकलन गरेर परिक्षणका लागि पठाएका छन् । ३५ वटा एन्टिजेन परिक्षण भएको छ ।. हिस्तान र राम्चेमा पनि स्वाबको नमुना संकलन गर्न स्वास्थ्यकर्मी टोली जाने तयारीमा छन् ।

शिखमा स्वाबको नमुना संकलन गदै अन्नपूर्ण गाउँपािलकाका स्वास्थ्यकर्मी । तस्बिर खेम पुन


वडाका अध्यक्ष लगायत जनप्रतिनिधीहरुले टोल बिकास समिति, आमा समूह, युवा क्लव परिचालन गरेर कोरोना नियन्त्रणका बिषयमा सन्देशमुलक कार्यक्रम सञ्चालन गरेका छन् ।

कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पर्यटकीय स्थल भ्रमण र तातोपानी कुण्ड स्नान बन्द गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उपलब्ध मजदुरहरुलाई परिचालन गरेर जलबिद्युत, सडक, भवन लगायत बिकास निर्माणका कामलाई भने निरन्तरता दिइएको छ ।


गाउँपालिकाले सञ्चालन गरेका योजनाको भौतिकतर्फ करिब ६५ प्रतिशत प्रगति भएपनि भुक्तानी नभएकाले बित्तीय प्रगति कम देखिएको अध्यक्ष पुनको दावी छ । निषेधाज्ञाका कारण रोजीरोटी गुमेर समस्यामा परेकाहरुका लागि भोकै बस्न नदिने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर कोरोना महामारीको चेनब्रेक गर्न सघाउन गाउँपालिकाले नागरिकलाई अपिल गरेको छ ।

अन्नपुर्णका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल र सिनियर अहेव बिक्रम पुन स्वाबको नमुना संकलनको तयारीमा । तस्बिर मेनुका ज्वारचनको फेसबुकबाट
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...