मेयर श्रेष्ठद्धारा बिरामी बोक्नका लागि निजी गाडी नगरपालिकालाई प्रदान

Gandaki Pardesh notice

बेनी । कोरोना संक्रमितको यातायात सुबिधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले दुई वटा निजी गाडी उपलब्ध गराउनुभएको छ ।

नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस भन्ने उदेश्यले नगरप्रमुख श्रेष्ठले निजि गाडी उपलब्ध गराउनुभएको हो । श्रेष्ठले बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई हस्तान्तरण गर्नुभयो ।

नगरक्षेत्र भित्रका कोरोना संक्रमितलाई अस्पताल सम्म ल्याउन सवारि साधनको अभाव नहोस भनेर दुईवटा निजि गाडि नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । कोरोनाको जोखिम रहेसम्मको अवधिलाई निशुल्क रुपमा गाडी दिएको उहाँले बताउनुभयो । दुई वटै गाडी नौ÷नौ जना क्षमताको छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एउटा गाडी चालक सहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगर प्रमुखले हस्तान्तरण गर्नुभएको गाडिलाई २४ सै घण्टा तयारी अवस्थामा राखिने बताउनुभयो ।

अहिले नगरपालिकाले एउटा गाडी भाडा लिएर सेवा दिइरहेको छ । नगरक्षेत्र भित्र कोरोना संक्रमितहरु बढ्दै गएकाले सवारीसाधनको आवश्यकता महशुस भएको थियो । नगरप्रमुखले उपलब्ध गराउनु भएको गाडीले कोरोना संक्रमितका विरामीहरुलाई बोक्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

यस अघि रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले समेत आफ्नो निजी स्कार्पियो जिप कोरोना संक्रमित बोक्ने लगायतको स्वास्थ्य सेवाका लागि एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफू चढ्दै आएको पालिकाको गाडीलाई संक्रमित बोक्न एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन चढ्ने पालिकाको र उपाध्यक्ष केशमाया मगर चढ्ने भाडाको गाडीलाई पनि आवश्यक परेको अवस्थामा संक्रमित बोक्न प्रयोग गर्ने कार्यपालिकाले निर्णय गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...