बेनीका जनप्रतिनिधीको आधा महिनाको सुबिधा कोरोना नियन्त्रणमा

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले आधा महिनाको तलब कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्न उपलब्ध गराउने भएका छन् ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको क्युआरटी (द्रुत प्रतिकार्य टोली)को बैठकले जनप्रतिनिधीहरुले मासिक रुपमा पाउने सुबिधा वापतको ५० प्रतिशत रकम अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेट उपकरण खरिद गर्न उपलब्ध गराउने निर्णय गरेको हो ।

कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्य गरि ५१ जना प्रतिनिधीहरुले आधा महिनाको सुबिधा उपकरण खरिदका लागि उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । टोलीको प्रस्तावमा सबै जनप्रतिनीधिहरुले स्वसफुर्त रुपमा सहयोग गर्ने निर्णय गर्नुभएको हो ।

Upper Myagdi transmition line notice

जनप्रतिनिधीहरुको तर्फबाट रु. दुई लाख पचास हजार भन्दा बढी सहयोग हुने प्रबत्ता बराइलीले बताउनुभयो । नगरपालिकाका कर्मचारीहरुले पनि अक्सिजन कन्सन्ट्रेट उपकरण खरिद गर्न स्वच्छिक रुपमा आर्थिक संकलन अभियान चलाएका छन् । उनिहरुबाट पनि करिब रु. दुई लाख पचास हजार संकलन हुने जनाइएको छ ।

Annapurna aarohan ko notice

हालसम्म ३२ जना कर्मचारीहरुले एक लाख ८४ हजार २०७ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । थप कर्मचारीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका न्यायिक समितिको सचिवालयका कर्मचारी कुमार रिजालले बताउनुभयो ।

अक्सिजन कन्सन्ट्रेट औजार महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक पर्छ । जनप्रतिनिधी र कर्मचारीबाट संकलित रकमबाट खरिद गरिने औजार बेनी अस्पताल परिसरमा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई उपलब्ध गराइने भएको छ ।

कोरोना महामारीको अवस्था सामान्य भएपछि नगरपालिकाकै स्वास्थ्य संस्थाहरुमा प्रयोगमा ल्याइने प्रबत्ता बराइलीले बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि बेनी अस्पतालको निर्माणाधिन भवनमा ५० शैया क्षमताको आइसोलेशन बनाइरहेको नगरपालिकाले संक्रमित पहिचान गर्न वडा स्तरमा स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

यसैगरी बेनी बजारका संक्रमितको अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मीहरुले बुधबार घरदैलो गरेका छन् । कोरोना संक्रमणसँग लडिरहेका नगरबासीको आत्मबल बढाउनुका साथै परामर्श दिन र संक्रमणको अवस्था पहिचानका लागि स्वास्थ्यकर्मी घरदैलो अभियानमा हिडेका हुन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...