म्याग्दीमा ४१ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दी जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखरा स्थित प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा हालसम्म ७१ जना एन्टिजिन र ४९८ जना गरि कुल ४६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Bhautik ministry notice about road

हाल जिल्लामा सक्रीय संक्रमितको संख्या २०८ जना पुगेको छ । बुधबार थपिएका संक्रमितहरुमा धवलागिरीमा १७, बेनी नगरपालिकामा १७, रघुगंगामा ४, जलजलामा १ र मालिकामा एक जना रहेका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।
२९ जना पुरक्ष र १२ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । बेनी नगरपालिका–९ की ३९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरा, रघुगंगा–२ की ३६ वर्षीया महिलाको मणिपाल र मंगला गाउँपालिका–४ का ७६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

Shreekrishna hardwear in news

बेनपा ९ की महिलालाई बैशाख २७ गते, रघुगंगा २ की महिलालाई बैशाख १८ गते र मंगला ४ का पुरुषलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो । हालसम्म १३ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरस संक्रमणलाई चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...