आज रातिदेखि म्याग्दी जिल्लाभर पूर्ण निषेधाज्ञा जारी

Gandaki Pardesh notice

बेनी । तिब्रताका साथ महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दी जिल्लाभर निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ एक बिज्ञप्ति जारी गरेर बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको निषेधाज्ञा बैशाख २८ गते राती १२ बजेदेखि लागु हुने गरि जिल्ला भर गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाले मंगलबार गरेको सिफारिसको आधारमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको बताउनुभयो । यसअघि बेनी नगरपालिका क्षेत्रमा बैशाख २२ गते, मंगला गाउँपालिका क्षेत्रमा बैशाख २६ र अन्नपूर्णमा बैशाख २७ गतेदेखि निषेधाज्ञा जारी भएको थियो ।

Shreekrishna hardwear in news

सबै स्थानीय तहहरुबाट भएको सिफारिस, जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको निर्णयको आधारमा २०७८ बैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

औषधी उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यबस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिडडुल गर्न रोक लगाइएको छ ।

Bhautik ministry notice about road

अस्पताल, औषधालय, औषधी एवम् स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

बिवाहमा ७ जना मात्र जन्ती जान पाउने भएका छन् । ब्रतबन्ध, पूजाआजा लगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापहरुमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक बिकास निर्माणको काममा संलग्न मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण ब्यवसायीहरुले निश्चित गरेको ठाउँमा बस्ने गरि निर्बाध रुपमा सञ्चालन गरिने भएको छ ।

निषेधाज्ञा जारी भएको स्थानका सरकारी र सार्वजनिक कार्यलय एवं बैंकहरुमा अनावश्यक भिडभाड हुन नदिने, अत्यावश्यक बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपाले पद्धति अनुसार न्यूनतम कर्मचारी खटाई कार्यलय सञ्चालन हुने प्रशासनले जनाएको छ । म्याग्दीमा पर्ने सडकमा आवत जावत गर्ने सवारी साधनलाई निषेधाज्ञा लागू भएको क्षेत्रमा यात्रु झार्न र नचढाउने सर्तमा चल्न दिने भएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन, दमकल, शबबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, डेरीजन्य उत्पादन, माछा मासु, बिउ बिजन, ग्याँस तथा पेट्रोलीयम पदार्थ, सञ्चार सेवा र निर्माण सामग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवा सामग्री बोकेका सवारी साधनहरु, अत्यवाश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन बाहेकका कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या करिब १८० जना पुगेको छ । बैशाख महिना सुरु भएयता ८७ जनाले कोरोना जितेका छन् । हालसम्म म्याग्दीमा कुल ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाएको करिब पाँच सय स्वाब नमुनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...