हराएको १२ दिनपछि शव भेटिएका देविस्थानका धजेन्द्रको हत्या भएको खुलासा, प्रहरीद्धारा अभियुक्त सार्वजनिक

Gandaki Pardesh notice

बेनी । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ ।

२०७८ बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको बैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथान स्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी पाँच र देविस्थानकै बलात्कार घटनामा संलग्न एक जनालाई मंगलबार बेनीमा सार्वजनिक गरेको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले देविस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर बिक र रामबहादुर परियारले अन्य तीन जनाको सहयोगमा धजेन्द्रको हत्या गरेको स्विकार गरेका बताउनुभयो ।

Shreekrishna hardwear in news

बैशाख १४ गते भेषबहादुरका दाजुको बिवाहमा निम्तो मान्न गएका धाजेन्द्रको हत्यामा संलग्न अन्य तीन जना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाव सार्वजनिक नगरिएको प्रनाउ राइले बताउनुभयो । पाँच जनाले कुटपिट गर्ने क्रममा ज्यान गएपछि भेषबहादुरको घर नजिकैको जंगलको ओडारमा लगेर शव लुकाएका थिए ।

Bhautik ministry notice about road

भेषबहादुर र धजेन्द्रको पुरानो रिसिबिई भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा धजेन्द्रको मृत्यु भएपछि ओडारमा शव लुकाएर चार जना पोखरा गएका थिए । एक जना गाउँबाटै पक्राउ परेका हुन् । टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

धजेन्द्रसँगै बैशाख १४ गतेबाट सम्पर्कबिहिन भएका, अभियुक्तले घटनास्थलमा छाडेको मोवाइल सेट, घाँटी अठ्याउन प्रयोग भएको चार्जरको कनेन्टर तार र उनिहरुको पुरानो सम्बन्धलाई आधार मानेर प्रहरीले अनुसन्धान गरेको थियो । मृतक र उनका बुवासँग भेषबहादुरको पुरानो रिसिइबी थियो । मृतकका दाजु तिलक पुनले प्रहरीमा जाहेरी दिनुभएको थियो ।

देबिस्थानमै बैशाख १४ गतेनै ११ वर्षीया बालिकालाई बलात्कार गरि फरार भएका सोही ठाउँका २१ वर्षीय बिजय बिकलाई पनि हत्याका आरोपीहरुसँगै प्रहरीले सार्वजनिक गरेको थियो । ती बालिका पनि हत्या आरोपी भेषबहादुरका दाजुको बिवाहमा गएको अवस्थामा बिजयले एक सय रुपैयाँ दिएर बलात्कार गरेको पिडितका आफन्तले बैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

बिवाह स्थल नजिकै बालिका बलात्कार भएकी थिइन् । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको टोलीले हत्या र बलात्कारका आरोपीहरुलाई पोखराबाट पक्राउ गरेको थियो । अपराध संहिता अनुसार १० देखि १४ वर्ष उमेरकी बालिका बलात्कार गर्नेलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।

हत्यामा संलग्नलाई जन्मकैदको सजाय हुने कानुन छ । उनिहरु छ जनालाई सोमबारनै म्याग्दी जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन थप भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...