कालीपुलमा चहलपहल बढाउने प्रयास

Gandaki Pardesh notice

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ ।

ओझेलमा परेको कालीपुलमा चहलपहल बढाउन स्थानीयबासी र बेनी नगरपालिकाले प्रयास थालेका छन् । कालीपुल बसपार्कको भित्री बस्तीमा मानिसको चहलपहल बढाउन त्यहाँ रहेको पुरानो पुललाई माध्यम बनाएका हुन् ।

बि.स. २०१८ मा रैथाने प्रबिधीको प्रयोगबाट निर्माण गरिएको पुलको संरक्षण र प्रचारप्रसार गरेर कालीपुलमा पर्यटक भित्र्याई चहलपहल बढाउने प्रयास गरेका हुन् । अन्यत्रको भन्दा फरक र परम्परागत भएकाले कालीपुलको झोलुङ्गे पुल अवलोकन गर्न लायक छ ।

Shreekrishna hardwear in news

केही तल मोटरेबल पुल निर्माण भएपछि यो पुलको प्रयोग घटेको छ । ढुङ्गा माटोले बनेका कालीपुलका अधिकांश घरहरु पनि परम्परागत शैलीका छन् । कालीपुल टोल सुधार समितिका सदस्य सुरेश राम्जालीले ओझेलमा परेको कालीपुल बजारमा चहलपहल बनाउन पुरानो झोलुङ्गे पुलको संरक्षण र थप पुर्बाधार निर्माण गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

बि.स. २०७५ मा वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले बिनियोजन गरेको रु. एक लाख २० हजार बजेटले झोलुङ्गे पुल मर्मत र रंगरोगन गरिएको थियो । यो पुल म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदी माथि छ ।

यसैगरी पछिल्लो दुई वर्ष पुलको म्याग्दी तर्फको जिपको पर्खालमा दृष्य अवलोकन स्थल बनाउन पुर्बाधार बनाइएको छ । पुलको लट्ठा अड्याउन बनाइएको पर्खाल माथि चढेर कालीपुलको बस्ती, पुल र कालीगण्डकी नदीको दृष्य अवालेकन गर्न सकिन्छ ।

गत वर्ष नगरपालिकाबाट बिनियोजन भएको तीन लाख रुपैयाँ बजेटबाट पर्खाल निर्माण गरेर माथिल्लो भागमा ढलान गरिएको थियो । यो वर्ष बिनियोजन भएको पाँच लाख रुपैयाँ बजेटबाट पर्खालमा चढ्ने भ¥याङ बनाइएको छ ।

करिब ८ मिटर अग्लो फलामको झ¥याङ बनाइएको छ । झ¥याङबाट पर्खालको माथिल्लो भागमा चढेर दृष्य अवलोकनका साथै गर्मीमा शितलता र जाडोमा न्यानो पाउन सकिन्छ । बजारबासीहरुलाई रिफ्रेस हुनका लागि पनि यो ठाउँ गन्तब्य बन्न सक्छ ।

वडा अध्यक्ष रामकृष्ण बराइलीले स्थानीयबासीको माग अनुसार झोलुङ्गे पुल संरक्षण र प्रर्वद्धनको योजना कार्यान्वयन गरिएको बताउनुभयो । निर्माण भएका पुर्बाधारलाई थप ब्यवस्थित बनाउन सकेमा कालीपुल भएर जिल्ला भित्र्ने पर्यटकहरुलाई सो ठाउँको भ्रमण गराउन सकिने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...