कोरोना संक्रमितलाई अस्पताल पु¥याउन यातायातको समस्या

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरमा बस्दै आउनुभएका ७३ वर्षीय रघुनाथ पौडेल आइतबार बिहान नुहाउने क्रममा एक्कासी बेहोस हुनुभयो ।

बिहान ५.३० बजे स्थानीयले बेहोस अवस्थामा भेटेपछि गाउँपालिका, प्रहरी र जनप्रतिनीधीलाई खबर गरे । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालको टोलीले एन्टिजेन परिक्षण गर्दा पौडेललाई ८ बजेट कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो ।

पौडेललाई करिब २२ किलोमिटर टाढा जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालमा ल्याइपु¥याउँदा दिउँसो २ बजेको थियो । २ः४५ मा चिकित्सकले पौडेललाई मृत घोषणा गरेका थिए । पौडेललाई उद्दार गरि अस्पताल पु¥याउन ढिलाई भएको गुनासो स्थानीयले गरेका छन् ।

Shreekrishna hardwear in news

पौडेल बिहान करिब दश बजेसम्म रातोपानी कुण्ड परिसरमै छटपटिदै हुनुहुन्थ्यो । बिहान आफै हिडेर कालीगण्डकी नदी किनारमा रहेको प्राकृतिक तातोपानीकाु कुण्डमा स्नानका लागि जानुभएको थियो ।

संक्रमण पुष्टि भएपछि अस्पताल लैजान यातायातको साधन खोज्न समय लागेको थियो । त्यसबीचमा नारच्याङको कोरोना अस्पतालबाट अक्सिजन सिलिण्डर ल्याएर उपचार गरिएको थियो ।

गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स कोरोना संक्रमित भएकी मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङलाई लिएर शनिबार पोखरा गएको थियो । गाउँपालिकाले भाडामा लिएको गाडी बिहानै अनुगमन टोली लिएर गाउँतर्फ गएको थियो ।

बेनीबाट मगाइएको एम्बुलेन्स तिप्ल्याङमा हिलोमा फसेर रातोपानी पुग्न सकेन् । पालिकाका चालकलाई मनाएर पौडेललाई लिएर बेनी जान सहमत बनाउँदा ढिला भइसकेको थियो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रशासकीय अधिकृत सुरण शर्मा पौडेल, घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, भुरुङ्ग तातोपानीका वडा सदस्य बुद्धी पुन, पोखरेबगरका अगुवा खड्ग गिरी लगायतले यातायात ब्यवस्थापनमा पहल गर्नुभएको थियो ।

रातोपानीमा कोरोना संक्रमितको उपचार र उद्दार गर्दै अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यकर्मीहरु । तस्बिर सुरेन गुरुङ
Bhautik ministry notice about road

पौडेललाई समयमै उद्दार गरी अस्पताल पु¥याउनमा ढिलाई भएको बिषयमा जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र गाउँपालिकाको भूमिका प्रति प्रश्न उठाएका छन् । ताप्लेजुङ घर भएका पौडेल करिब बीस बर्षदेखि ठुलोबगरको आश्रममा बस्दै आउनुभएको थियो । उहाँ केहीदिनयता ज्वरो र रुघाखोकीबाट बिरामी पर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले पौडेलको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गर्नुभयो । ‘‘एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको छ,’’ उहाँले भन्नुभयो ‘‘बेनी अस्पताल ल्याएपछि मृत्यु भएको हो ।’’

म्याग्दीका अन्य संक्रमितहरुले पनि स्वास्थ्य संस्था र अस्पताल पुग्न एम्बुलेन्स लागि भनसुन गर्नुपरेको, महँगो शूल्क तिर्नुपरेको लगायतका गुनासो गरेका छन् । धेरै संक्रमितहरु आफै सार्वजनिक गाडीलाई महँगो भाडा तिरेर अस्पताल पुग्न बाध्य छन् ।
जिल्लामा रेडक्रस सोसाइटीको जिल्ला शाखा, दरवाङ उपशाखा, बेनी अस्पताल र अन्नपूर्ण गाउपालिकाको चार वटा एम्बुलेन्स छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले सूचना पाउने बित्तिकै पालिकाकै गाडीमा राखेर पौडेललाई बेनी पठाएको बताउनुभयो ।

‘‘बेनीबाट आएको एम्बुलेन्स फसेको सूचना पाएपछि पालिकाको गाडीमा राखेर पठाएको हो,’’ उहाँले भन्नुभयो ‘‘स्थानीय भएकाले बिहानमा नुहाउनका लागि तातोपानीमा गएका रहेछन् । ब्यवसायिक हिसाबले तातोपानी कुण्ड खुलेका छैनन् ।’’

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले गाउँपालिकाको एम्बुलेन्स बिरामी लिएर पोखरा गएको र बेनीबाट पठाएको एम्बुलेन्स त्यहाँ पुगेर ल्याएर आउँदा ढिलाई भएको स्विकार गरे । म्याग्दीमा कोरोना नियन्त्रणमा भएका निर्णय र योजना कार्यान्वयन पक्ष फितलो देखिएको छ ।
यसैक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आइतबार पालिकाकै गाडीलाई संक्रमित बोक्न एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएको छ । जनप्रतिनिधी र कर्मचारीले प्रयोग गर्दै आएको गाडीमा संक्रमित बोक्ने बताउनुभएको हो ।

बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र उपाध्यक्ष सिमा गर्बुजाले चढ्दै आएको गाडीलाई पनि कोरोना संक्रमित बोक्न प्रयोग गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

गंगा जिसी फाउण्डेशनले कोरोना संक्रमितको यातायात सुबिधाका लागि आइतबार एक वटा गाडी उपलब्ध गराएको जनाएको छ । फाउण्डेशनका अध्यक्ष नारायण जिसीले एम्बुलेन्समा प्रयोग हुने गाडी बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, सहायक प्रजिअ सुवास पौडेल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्साल, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

एम्बुलेन्सका लागि गाडी उपलब्ध गराउदै गंगा जिसी फाउण्डेशनका अध्यक्ष नारायण जिसी । तस्बिर गंगा जिसी फाउण्डेशनको फेसबुक पेज

कोरोना महामारीको आपतकालिन अवस्थाका लागि बिरामी बोक्नका लागि गाडी उपलब्ध गराएको फाउण्डेशनले जनाएको छ । यसैगरी कोरोना संक्रमण भई ज्यान गुमाएकाको शव ब्यवस्थापनका लागि शव बहानको समेत अभाव देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...