मालिकामा २० शैयाको आइसोलेशन तयार

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचार र ब्यवस्थापनका लागि बीस शैया क्षमताको आइसोलेशन निर्माण गरेको छ ।


गाउँपालिकाको केन्द्र दरवाङको छ्यारछ्यारे स्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेशन निर्माण गरेको हो । यसअघि गत कात्तिकमा जनप्रिय माविको भवनमा स्थापना गरिएको आइसोलेशन र कोरोना अस्पतालका सामग्री प्रयोग गरेर सभाहलमा आइसोलेशन तयार पारेको उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

तीन महिनाका लागि स्थापना भएको कोरोना अस्पताल भर्ना गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार सेवा अवधी सकिएपछि तथा कोरोना संक्रमिट भेटिन छाडेपछि माघमा बन्द भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि आइसोलेशन पुनस्थापना गरिएको हो । आइसोलेशनमा अक्सिजन सिलिण्डर, औषधी लगायत कोरोना संक्रमितको उपचारमा प्रयोग हुने सामग्री ब्यवस्थापन गरिएको छ ।

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक र गाउँपालिकाका स्वास्थ्य कर्मीलाई परिचालन गरेर आइसोलेशनमा भर्ना हुने संक्रमितको उपचार गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय दरवाङबाट आइसोलेशनको सुरक्षा ब्यवस्थापन हुने भएको छ ।

गाउँपालिकाको केन्द्र, सुरक्षाकर्मी, चिकित्सक र स्वास्थ्यकर्मीको पहुँच हुने, ब्यवस्थाकीय हिसाबले सहज हुने भएकाले बहुउद्देश्यीय सभाहललाई आइसोलेशन स्थापना गरिएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा हालै सभाहल निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...