म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १२ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार थपिएका मध्य अधिकांश संक्रमित सदरमुकाम बेनी बजार स्थित बेनी नगरपालिकाको वडा न. ७ र ८ का छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिकाका ३३ जना, धवलागिरी गाउँपालिकाका दुई जना, रघुगंगाका चार जना छन् । बेनी नगरपालिकाको ७ र ८ का नौ÷नौ जना छन् । धवलागिरी गाउँपालिकाको ४ र ६ का एक÷एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रघुगंगाका संक्रमित वडा न. ४ दग्नाम ठेगाना भएका हुन् । जलजला गाउँपालिकाका संक्रमित मध्य वडा न. ३ का पाँच जना, चारका दुई जना छन् । म्याग्दीबाट बैशाख २१ र २२ गते ७६ वटा नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा यसअघि नतिजा आएको सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीमा बिहिबार बेनी नगरपालिकाका २० जना सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार १९ जनाले कोरोना जितेका थिए । म्याग्दीमा सक्रिय संक्रमितको संख्या १४९ जना पुगेको छ । हालसम्म ४४१ जना संक्रमित भएका छन् । छ जनाको मृत्यु भएको छ ।
म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या तिब्र रुपमा बढेको छ । बिवाह, पुजाआजा, चौरासी जस्ता धार्मिक सांस्कृतिक क्रियाकलाप मार्फत कोरोना फैलिएको छ । संक्रमित मध्य अधिकांश होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहिबारदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । धवलागिरी गाउँपालिकाको सात नम्बर वडा बैशाख मसान्तसम्म शिल गरिएको छ । धवलागिरी गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...