धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति आवश्यक बाहेकका सेवा बन्द गरिएको अध्यक्ष थमसरा पुनद्धारा बुधबार जारी भएको बिज्ञप्तिमा उल्लेख छ ।

धवलागिरीको ताकम र लुलाङ कोरोनाको हटस्पट बनेको अध्यक्ष थमसरा पुनले बताउनुभयो । हाल ६ जना संक्रमित गाउँमै होम आइसोलेशनमा छन् । तीन जना संक्रमित बेनीमा छन् । बुधबार ताकममा एन्टिजिन परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

गाउँपालिकाले बैशाख १४ गतेदेखिनै बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गराएको छ । मेलाजात्रा, पुजापाठ र भिडभाडजन्य क्रियाकलाप बन्द गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न अध्यक्ष पुनले पालिकाबासीहरुलाई अपिल गर्नुभएको छ ।

उहाँले एन्टिजिनको किटबाट शंकास्पद र लक्षण भएका बिरामीहरुको कोरोना परिक्षण कार्यलाई तिब्रता दिन आग्रह गर्नुभएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सघाउन वडाका जनप्रतिनिधिहरुका साथै युवा क्लव, आमा समूह, रेडक्रसकर्मीहरुलाई आव्हान गरिएको छ ।

Bhautik ministry notice about road

कोरोना संक्रमितको उपचारका लागि ताकममा ५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । बिदेश र जोखिमयुक्त क्षेत्रबाट आएकाहरुलाई दश दिन अनिवार्य क्वारेन्टिन बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार राती देखि निषेधाज्ञा जारी गरेको छ ।

बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट ब्यवस्थापन केन्द्रको सिफारिसको आधारमा सुरक्षा समितिको बैठकले बैशाख २२ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनीधी, राजनीतिकर्मी र संघ संस्थाका प्रतिनिधीहरुले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए ।

म्याग्दीमा हाल १०२ जना सक्रीय संक्रमित छन् । २३ जना संक्रमित उपचारपछि निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । बैशाख १९ गते संकलन गरिएको ४२ वटा स्वाबको नमुना परिक्षण गर्दा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...