बेनी–जोमसोम सडकको कोबाङ–कैकु खण्ड कालोपत्रेको तयारी

Gandaki Pardesh notice

बेनी । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कोबाङ–कैकु खण्डमा कालोपत्रेको तयारी भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि कैकुखोला सम्मको १८ किलोमिटर सडक कालोपत्रेका लागि सब बेस र बेस राखेर रोलरले पेलेर मंगलबार देखि बिटुमीन बिछ्याउन थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नम्बर तीनको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना ब्यवस्थापक नरेन्द्र न्यौपानेले कालोपत्रे गर्न प्राइम कोड बिछ्याउन थालिएको जानकारी दिनुभयो । आक्सपाल्ट प्रबिधिको कालोपत्रे गर्न निर्माण सामग्री र उपकरण तयारी अवस्थामा राखिएको छ ।

Shreekrishna hardwear in news

दुई लेन फराकिलो बनाइएको सडकको घुम्ति तथा ग्रेड सुधार तथा नाली निर्माण गरिएको छ । साढे आठ मिटर फराकिलो कालोपत्रे गरिने शर्मा–जगुरमुखी निर्माण कम्पनीका इञ्जिनियर दिपक नेपालले बताउनुभयो ।

Bhautik ministry notice about road

शर्मा गजुरमुखीले ठेक्का लिएको म्याग्दीको जलथले देखि मुस्ताङको कैकुखोला सम्मको दोस्रो प्याकेज अन्तरगतको अधिकांश ठाउँमा पनि कालोपत्रेको तयारी भएको छ । १६ दशमलब ५ किलोमिटर दुरीको यो प्याकेज अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्निति अन्तिम चरणमा पुगेको छ ।

काभ्रेभिर क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र बिस्तारको काम गर्न बिहान ६.३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म बेनी–जोमसोम सडक बन्द हुने गरेको छ ।

बि.स. २०६४ मा नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बि.स. २०७४ देखि ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर देखि बेगखोला सम्मको १६ किलोमिटर सडक पनि कालोपत्रेको तयारी भएको शर्मा–युनाइटेडको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले बताउनुभयो । पहिलो र दोस्रो प्याकेजमा डिबिएसडी प्रबिधिको कालोपत्रे गर्न लागिएको हो । तेस्रो र चौथो प्याकेजमा अक्सपाल्ट प्रबिधिको पिच गर्न लागिएको हो । उपकरणको सहायताले कालोपत्रे गरिने अक्सपाल्ट अमेरिकी प्रबिधी हो ।


कोशी–न्यौपाने–पप्पु जेभीले ठेक्का लिएको ४ नम्बर प्याकेजमा पर्ने कोवाङ देखि जोमसोम सम्मको १८ किलोमिटर सडक पनि केही दिनमै कालोपत्रे गर्न लागिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर आश्विनीकुमार यादवले बेनी–जोमसोमको तीन वटा प्याकेजमा असार अघिनै कालोपत्रे गर्ने तयारी भएको बताउनुभयो ।

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको छ । असार सम्म दुई वटा प्याकेजको काम सकिने आयोजनाका सूचना अधिकारी यादवले बताउनुभयो । बेनी–जोमसोम सडकमा ६५ प्रतिशत र जोमसोम –कोरला सडकमा ८८ प्रतिशत भौतिक प्रगति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...