बेनीमा दश दिन निषेधाज्ञा गर्न डिसिसिएमसीको सुरक्षा समितिलाई सिफारिस

Gandaki Pardesh notice

बेनी । जिल्ला कोभिड–१९ संकट ब्यवस्थान केन्द्र (डिसिसिएमसी) म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा दश दिन निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ ।

तिब्र रुपमा फैलिएको दोस्रो भाइरसको कोरोना भाइरसको संक्रमणलाई चेन ब्रेक (रोकथाम) गर्न निषेधाज्ञाको बाध्यात्मक बिकल्प रोज्न सुझाएका हुन् । बेनी नगरपालिकाले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णय र नगरकार्यपालिकाको सिफारिसको बिषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बिहान प्रशासनमा डिसिसिएमसीको बैठक बसेको थियो ।

सिफारिस अनुसार २०७८ बैशाख २२ गते राती देखि लागु हुने गरि ३१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक बन्द हुने गरि बेनी नगरपालिका क्षेत्रमा निषेधाज्ञा गर्न सुरक्षा समितिको बैठकबाट निर्णय लिइने प्रजिअ अधिकारीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बैठकले संक्रमण बिस्तारको अवस्था मुल्याङ्कन गरी निषेधाज्ञा लागु हुने क्षेत्र एवम् दिनहरु थपघट गर्ने अधिकारी सुरक्षा समितिलाई दिने निर्णय गरेको छ । निषेधाज्ञामा औषधी उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यबस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिडडुल गर्न पाउने छैनन् ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको डिसिसिएमसीको बैठकमा सहभागीहरु । तस्बिर धौलागिरी खबर

अस्पताल, औषधालय, औषधी एवम् स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

Bhautik ministry notice about road

बिवाह, ब्रतबन्ध, पूजाआजा लगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापहरुमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक बिकास निर्माणको काममा संलग्न मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण ब्यवसायीहरुले निश्चित गरेको ठाउँमा बस्ने गरि निर्बाध रुपमा सञ्चालन गरिने भएको छ ।

निषेधाज्ञा जारी भएको स्थानका सरकारी र सार्वजनिक कार्यलय एवं बैंकहरुमा अनावश्यक भिडभाड हुन नदिने, अत्यावश्यक बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपाले पद्धती अनुसार न्यूनतम कर्मचारी खटाई कार्यलय सञ्चालन हुने प्रशासनले जनाएको छ ।

म्याग्दीमा पर्ने कालीगण्डकी कोरीडोर र अन्तरजिल्ला आवत जावत गर्ने सवारी साधनलाई निषेधाज्ञा लागू भएको क्षेत्रमा यात्रु झार्न र नचढाउने सर्तमा चल्न दिने भएको छ । म्याग्दीका अन्य स्थानीय तहले स्वास्थ्य संकटग्रस्त क्षेत्रमा स्थानीय तहको सिफारिस गरे अनुसार गर्न सुरक्षा समितिलाई सिफारिस गरेको छ ।

बेनी नगरपालिकाका प्रत्येक वडा समितिले निषेधाज्ञाको निर्णय कार्यान्वयन गर्न गराउन स्वमसेवकको रुपमा परिचालन हुने जनाएका छन् । एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन, दमकल, शबबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, डेरीजन्य उत्पादन, माछा मासु, बिउ बिजन, ग्याँस तथा पेट्रोलीयम पदार्थ, सञ्चार सेवा र निर्माण सामग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवा सामग्री बोकेका सवारी साधनहरु, अत्यवाश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन बाहेकका कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनीधी, राजनीतिकर्मी र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा फैलिएको कोरोना रोकथामका लागि कडाइका साथ लकडाउन गर्न सिफारिस गरेका थिए । म्याग्दीमा हाल ७३ जना सक्रीय संक्रमित छन् । २०७८ बैशाख १ देखि २० गतेसम्म १३२ जनाको पिसिआर परिक्षण गर्दा ६७ जना र १४० जनाको एन्टिजिन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले भयाभह भइसकेको कोरोना संक्रमण रोक्न कडाइका साथ लकडाउन आवश्यक रहेको बताउनुभयो । सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा पनि तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...