जब डिएसपी राई सरसफाइमा जुट्नुभयो…

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनी स्थित सामुदायिक प्रहरी शाखाको कार्यालय परिसरमा शनिबार सरसफाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राइको नेतृत्वमा प्रहरी अधिकृत र जवानहरुका साथै सामदायिक प्रहरी शाखाका पदाधीकारीहरुले सरसफाई गर्नुभएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

करिब डेढ घण्टासम्म श्रमदान गरेर सामुदायिक प्रहरी शाखाको कार्यालय परिसरमा रहेको झाडी, भारपात हटाउनुका साथै बगैचा गोडमेल र फोहोर ब्यवस्थापन गरिएको थियो । सरसफाईमा प्रनाउ राई, राष्ट्रिय अनुसन्धानका डिएसपी महेश गुरुङ, सामुदायिक प्रहरी शाखाका अध्यक्ष बिष्णु गुरुङ लगायतले श्रमदान गर्नुभएको हो ।

Shreekrishna

प्रनाउ राइनै कुचो, बेल्चा र गैची लिएर सरसफाइको साथै बगैचा निर्माणका लागि खन्न कस्सीएपछि प्रहरी जवानहरु पनि उत्साहित हुदै काममा खटिएका थिए । गत माघमा म्याग्दीमा सरुवा भएर आउनुभएका प्रनाउ राइले कार्यालयको आन्तरिक ब्यवस्थापन, सरसफाई, ब्यवहार र आचरण सुधारमा जोड दिनुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...