उद्योग बाणिज्य संघद्धारा सचेतनामुलक कार्यक्रम

Gandaki Kotihome

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले तिब्र रुपपा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि बिहिबार बेनीमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सन्देशमुलक सूचना लेखिएका ब्यानर राख्नुका साथै घरदैलो गरेर ब्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिएको थियो ।

बजारका विभिन्न २० ठाँउमा सन्देशमुलक ब्यानर राखेको म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठ र द्धितीय उपाध्यक्ष लिलाराम गौतमको नेतृत्वमा दुई वटा टोली बनाएर घरदैलो गरेका थिए ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

संघले बजारबासी एवम् ब्यवसायीहरुलाई दुरि कायम गराउन, मास्क, स्यानीटाइजर प्रयोग गर्न, नियमित साबुनपानीले हात धुन, अनावश्यक भिडभाड नगर्न, स्वास्थ्यमा समस्या देखिए अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

म्याग्दीमा हाल ४८ जना कोरोना भाइरसका सक्रीय संक्रमित छन् । सबै संक्रमित चिकित्सकको सम्पर्क र निगरानीमा होम आइसोलेशनमा बसेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...