पोखरेबगर–चित्रे सडक आयोजना अधकल्चो बन्ने जोखिम (भिडियो रिपोर्ट सहित )

Gandaki Pardesh notice

घार, ः एघार महिना अघिनै निर्माण सकिनुपर्ने अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको हालसम्म आधा मात्र भौतिक प्रगति भएको छ ।

काम सुरु भएको २८ महिनामा ५२ प्रतिशत निर्माण सकिएको आयोजनाको आगामी भदौ १४ गतेसम्म थपिएको समयसिमा भित्र बाँकी ४८ प्रतिशत काम सक्ने चुनौतिसँगै अधुरो र अलपत्र बन्ने चिन्ता बढेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार खिवाङ शिख हुदै पर्यटकीय स्थल घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति गर्न बि.स. २०७५ मंसिर देखि आयोजना सुरु गरेको थियो ।

Shreekrishna hardwear in news

कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलीङ बनाउन र ३.७५ किलोमिटर कालोपत्रे गर्न बि.स. २०७५ मंसिर ९ गते रु. २७ करोड ९१ लाख ३५ हजार २२० मा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो ।

पहिलो पटक ठेक्का सम्झौतामा उल्लेखित म्याद २०७७ जेठ २२ गतेनै सकिएको थियो । हालसम्म भौतिकतर्फ ५२ र बित्तियतर्फ ४२ प्रतिशत प्रगति हाँसिल भएको आयोजना प्रमुख आकांक्षा रिजालले बताउनुभयो ।

“पछिल्लो समय कामले तिब्रता लिएको छ । बारम्बार अनुगमन र निर्देशन दिएका छौ,” उहाँले भन्नुभयो “थपिएको म्याद सकिनुपुर्व आयोजना सक्नेगरि समन्वय गरिरहेका छौ । निर्माण ब्यवसायीले ८० प्रतिशत काम सक्ने प्रतिवद्धता गर्नुभएको छ । हामीले सत प्रतिशत प्रगति हुनुपर्ने अडान राखेका छौ ।”

कोरोनाको जोखिम, लकडाउन र सामाजिक कारण देखाएर २०७८ भदौ १४ गतेसम्मका लागि ठेक्काको म्याद थपिएको छ । पोखरेबगर देखि घार हुदै खिवाङ सम्मको नौ किलोमिटर १०० मिटर सडक बिस्तार, ढलान, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पु¥याएको छ । सो खण्डमा कालोपत्रेका लागि सब बेस र बेस बिछ्याउने काम गरिरहेको छ ।

आयोजना प्रभावित शिख, फलाते र चित्रे खण्डमा पहिलो चरणमा डोजरले ब्याक कटिङ मात्र गरेको छ । खिवाङ सम्म मात्र काम गरेर आयोजना फिर्ता हुने खतरा बढेको शिखका नरबहादुर नेपालीले बताउनुभयो ।

Bhautik ministry notice about road

“एक वर्षयता शिख, फलाते र चित्रे खण्डमा काम गरेका छैनन,” उहाँले भन्नुभयो “घार र खिवाङ सम्म मात्रै काम गरेर आयोजना फिर्ता हुने होकी भन्ने चिन्ताले पिरोलिएका छौ ।” शिखका खेम पुनले डोजरले भत्काएको ठाउँमा पर्खाल निर्माण गर्न ढिलाई गर्दा पहिरोको जोखिम बढाएको बताउनुभयो ।

घार खण्डमा सडक छेउछाउमा घरजग्गा पर्ने स्थानीयको बिवादले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै आएका निर्माण ब्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटो–छिटो परिवर्तन हुन ढिलासुस्तिको मुख्य कारण हो । सुरु भएदेखि आयोजनाका चार जना प्रमुख फेरिएका छन् ।

ठेकेदारले सडक ढलान, नाली निर्माण र सोलीङ गर्दा तोकिएको मापदण्ड, गुणस्तर र परिणाम अनुसार निर्माण सामग्रीको प्रयोग नगरी टालटुले हिसाबले काम गरेको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका केशव बरुवालले बताउनुभयो । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति सुरु हुँदा दुई वर्षअघि शिख र घारका बासिन्दामा छाएको खुसीयाली निर्माणको धिमा गतिले निराशामा परिणत गराउन थालेको छ ।

म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

प्रभावितसँगको बिवाद ब्यवस्थापनका लागि सहजिकरणका गरेका घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले निर्माण ब्यवसायीले अपेक्षाकृत काम गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । “सम्बद्ध आयोजना र निर्माण ब्यवसायीलाई सडकलाई गति दिन ताकेता गरिरहेका छौ,” उहाँले भन्नुभयो “ठेकेदारका ढिलासुस्ति र कमजोरी औल्याएर पटक–पटक सचेत बनाएका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...