जलजलामा एमालेको नेपाल–खनाल समूहको समानान्तर कमिटि

Gandaki Pardesh notice

मिलनचोक । नेकपाको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव÷झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला बिहिबार मिलनचोकमा सम्पन्न भएको छ ।

भेलाले टुङ्गनाथ पौडेललाई नेकपा एमालेको (माधव÷झलनाथ पक्ष) जलजला गाउँपालिकाको अध्यक्ष चयन गरेको छ । केन्द्रीय अनुशासन सचिवालय सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सचिवमा जीतबहादुर पुनलाई चयन गरेको छ ।

Bhautik ministry notice about road

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले ‘यो वा त्यो भन्दा पनि ढुक्क भएर सत्यको पक्षमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । यतिवेला नेकपा एमाले कठिन मोडमा आइपुगेको भन्दै फुटबाट जोगाउने वा फुटतिर धकेल्ने भन्ने कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको हातमा रहेको पौडेलको भनाई थियो ।

Shreekrishna hardwear in news

एमाले (माधव÷झलनाथ पक्ष) पर्वतका अध्यक्ष भक्त कुवँरले पार्टी ओलीमा विचारमा स्खलन आएको भन्दै भिन्न विचार वोकेका साथीहरुलाई स्विकार गर्न नसक्नु उहाँको कमजोरी रहेको बताउनु भयो । एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किसकेकाले एकताको विन्दु नेकपा एकता हुनु पूर्वबाट नै खोज्नुपर्ने जिल्लाका पुराना विचारशील नेता उदय सुवेदीको तर्क थियो । टुङ्गनाथ पौडेलको अध्यक्षता, सङ्गिता सुवेदीको स्वागत र चन्द्रबहादुर लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...