म्याग्दीमा १७ जनामा परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा १७ जनाको स्वाबको नमुना परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले बैशाख ५ गते १७ वटा स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाएको थियो । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बिहिबार ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित मध्य अधिकांश बेनी बजार र नगरपालिकाका छन् । कोरोनाको लक्ष्यण देखिएपनि उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ । बिहिबार कोरोना संक्रमण पुष्टि हुनेमा बेनी नगरपालिका ४ का ३४ वर्षकी एक महिला, वटा न. ६ का ५३ र ६७ का दुई जना महिला छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी बेनी नगरपालिका वडा न. ७ का वर्ष ४३ का एक पुरुष, वर्ष ४१ का एक जना महिला, बेनी नगरपालिका ८ का ४७ वर्षका एक जना महिला र २५ वर्षका एक जना पुरुष तथा भक्तपुर ठेगाना भई बेनपा ८ बस्ने वर्ष २६ का एक महिला छन् ।

मंगला गाउँपालिका २ का १९ वर्षका पुरुष, जलजला गाउँपालिका ३ का ३५ वर्षका एक पुरुष र ३१ वर्षका महिलामा पनि संक्रमण पुष्टि भएको छ । म्याग्दीमा हालसम्म दुई हजार ५६२ वटा नमुनाको पिसिआर बिधिबाट परिक्षणका लागि पठाइएकोमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीमा आकस्मिक रुपमा कोरोनाको संक्रमण दर बढेकाले स्वास्थ्य मापदण्डको पालना गरी आफ्नो पेशा ब्यवसाय गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...