म्याग्दीका धार्मिक स्थल र मेला महोत्सव बैशाख मसान्त सम्मका लागि बन्द

Gandaki Ghumau

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबारदेखि लागू हुने गरी बैशाख मसान्त सम्मका लागि धार्मिक स्थल, खेलकुद कार्यक्रम र मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ ।

एक सूचना जारी गर्दै सिनेमा हल, सभा, आमसभा, जुलुस, खेलकुद र मानिसहरुको भिडमाड हुने कार्यक्रम सञ्चालन गर्न बन्द गरिएको जनाएको हो । मठ मन्दिर, मञ्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नृत्य पुजा, ध्यान र प्राथना मात्र गर्न प्रशासनले निर्देशन जारी गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस छिमेकी जिल्लाहरुमा पनि देखिएकाले नियन्त्रणका लागि बुधबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकबाट ६ बुदे निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

जनस्वास्थ्यका मापदण्ड पालना गरेर पसल, ब्यवसाय सञ्चालन गर्ने, होटल, रेष्टुरेन्ट बेलुकी ८ बजेपछि बन्द गर्ने, बिवाह, ब्रतबन्ध, छेवार, किरीया जस्ता सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी सबैलाई अनिवार्य मास्क लगाउन लगाएर, दैनिक निसंक्रमित गरी, लामो दुरीमा चल्ने सवारी साधनले यात्रु पुग्ने गन्तब्य स्थान सहितको बिबरण सम्बन्धित प्रशासन कार्यालयमा बुझाउनुपर्ने मापदण्ड जारी भएको छ ।

बिदेशबाट आउनेहरु लक्ष्यण नदेखिएपनि अनिवार्य दश दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । प्रशासनले जारी गरेको मापदण्ड र निर्देशनको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...