पुलाचौर भगवती कोत मन्दिरको पुनर्निर्माण

Gandaki Kotihome

बेनी । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माणसँगै मंगलबार चैतेदसैंको दिन भब्य उद्घाटन गरिएको छ ।

नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद केसीले पुलाचौर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले धार्मिक क्षेत्रको विकासमा भविस्यमा थप सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बेनी नगरका मेयर श्रेष्ठले नगरभित्र रहेका सयौंबर्ष पुराना धार्मिकस्थलहरुको मर्मत तथा जिर्णोद्धारका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

मन्दिरको उद्घाटन कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका सचिव एवम् मन्दिरका सल्लाहकार माधवप्रसाद रेग्मी, कार्यवाहक वडा अध्यक्ष रामप्रसाद सुबेदीले मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा पण्डित टिकानान्द सुबेदीले भगवती महिमाका बारेमा प्रवचन दिनुभएको थियो ।

पुरानो तथा ऐतिहासिक महत्व बोकेको कोत जिर्ण अवस्थामा पुगेपछि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको आर्थिक सहयोगसहित कुल ४३ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको थियो ।

कोत मन्दिरको पुनर्निर्माणका लागि गएको आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ मा गण्डकी प्रदेश सभा म्याग्दी निर्वाचन क्षेत्र (क),प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमबाट प्रदेश सभा सदस्य विनोद केसीको सहयोगमा १५ लाख र बेनी नगरपालिकाबाट चालु आवमा १० लाख रुपैयाँ विनियोजन भएको थियो ।

स्वदेश तथा विदेशमा रहेका स्थानीय तथा समुदायस्तरबाट ३४ लाख ५१ हजार आर्थिक संकलन गरिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरको पूजाआजा सञ्चानलका लागि १५ लाख ६९ हजार ४८४ बचत रहेको छ ।

कोत मन्दिरको पुनर्निर्माण गर्न स्थानीय चन्दादाताले पाँचहजार रुपैयाँ आर्थिक सहयोग गरी आजीवन सदस्य बनेका छन्भने पाँचलाख रुपैयाँ बढी सहयोग गरी संरक्षक सदस्य समेत बनेको भगवती कोत मन्दिरको पुनर्निर्माण गरिएको निर्माण समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो । भगवती कोत मन्दिरभित्र ५० वर्ष पुरानो दुर्गा भगवतीको मूर्ति रहेको छ भने मन्दिर वरिपरी १०८ वटा दियो र मन्दिरको सिरमा ढुङ्गाको गजुर राखिएको छ ।
२०२४ साल असोज १८ गते कोत मन्दिर स्थापना गरी पुजाआजाको थालनी गरिएको भगवती कोत मन्दिरको २०७६ साल चैत २६ गते शिलान्यास गरी पुनर्निर्माण सुरु गरिएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता पुर्ननिमार्ण समितिका अध्यक्ष पौडेल, स्वागत पुलाचौर समाज काठमाण्डौका अध्यक्ष बेदनाथ सुबेदी र सञ्चालन सचिव सन्तोष सुबेदीले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...