भकिम्लीमा सामुदायिक भवन निर्माण

Gandaki Pardesh notice

भकिम्ली । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवन निर्माण भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र संघ संस्थाले साझेदारी गरेर दुई तले भवन बनाएका हुन् । कुल रु. २३ लाख ५० हजारको लागतमा सामुदायिक भवन निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष पुर्णबहादुर काउचाले बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराएको अनुदान भन्दा बढी श्रमदान र स्थानीय सहयोग जुटाएर भवन बनाएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा पाँच लाख, २०७५÷०७६ मा चार लाख र २०७७÷७८ मा तीन लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीयबासीले ११ लाख पचास हजार रुपैयाँ बराबरको श्रमदान र सहयोग जुटाएर भवनलाई पुर्णता दिएका हुन् । आमा समूह, मिरमिरे युवा क्लव र अन्नपूर्ण सामुदायिक वन उपभोक्ता समूहले सहयोग गरेका थिए ।

भवनको क्षमता एक सय जनाको छ । माथिल्लो तलामा सभा, सम्मेलन, भेला, बैठक, सञ्चालन गर्न सकिन्छ । भुई तलामा बिवाह, छेवार, किरीयामा भोज भतेरका लागि प्रयोग गर्न सकिन्छ । भवन निर्माण भएपछि सार्वजनिक, सांस्कृतिक कार्यक्रम, तालिम गोष्ठि सञ्चालन गर्न सहज भएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

व्यक्तिका घर, बिद्यालयका कोठा र चौतारीमा भेला, बैठक आयोजना गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । भवनको अभावमा झरीमा रुझ्दै र चर्को घाममा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...