भगवतिको घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम (भिडियो खबर सहित)

Gandaki Pardesh notice

भगवति । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् ।

माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र बिषादीको बिकल्पमा गुणस्तरीय प्राङगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम मार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो ।

‘‘खेर गइरहेको गहुँतलाई संकलन गर्न र मलमा नाइट्रोजन उडेर नष्ट हुन नदिन भकारो सुधार गरिएको हो,’’ उहाँले भन्नुभयो ‘‘माटोको उर्बर शक्ति बढाउन भकारो सुधार अभियानले सहयोग पुग्ने अपेक्षा छ ।’’

Shreekrishna hardwear in news

गाईभैसी बस्ने ठाउँ ढलान, मुत्र संकलन गर्ने पोखरी र मलखादमा छाप्रो बनाएका छन् । मललाई धामपानीबाट जोगाउन सकेमा नाइट्रोजन उडेर नष्ट हुदैन् । पोखरीमा संकलित मुत्रलाई जैबिक बिषादीको रुपमा प्रयोग गर्न सकिन्छ ।

समूहले गत वर्ष ३७ जना कृषकलाई भकारो सुधार गर्न रु. बीस हजारका दरले अनुदान उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा थप १५ वटा भकारो सुधार गर्न रु. ३५ हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको समूहले जनाएको छ ।

यसअघि गाइभैसीको गोठ ब्यवस्थित थिएन् । खुल्ला ठाउँमा मल थुपार्ने गर्दथे । खेतबारीमै गाइबस्तु बाध्ने चलन थियो । भकारोको मुत्र संकलन नहुँदा त्यसै बगेर खेर जान्थ्यो । परम्परागत भकारोलाई सुधार गरेर ब्यवस्थित बनाएपछि गुणस्तरीय मल उत्पादन हुनुका साथै खेतीबालीमा लाग्ने रोगकिरा नष्ट गर्न संकलित मुत्र प्रयोग गर्न थालेका छन् ।

Bhautik ministry notice about road

गण्डकी प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङगारिक खेतिको माध्यमबाट वातावरणमा स्वच्छतासँगै कृषकहरुको आयआर्जन सुधारका लागि घट्टटोलमा गत आर्थिक वर्ष २०७६÷०७७ देखि मुख्यमन्त्री वातावरणमैत्री कृषि नमुना गाउँ कार्यक्रम सञ्चालन गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा रु. २५ लाख रुपैयाँ बिनियोजन भएको कार्यक्रमका लागि यस वर्षपनि थप रु. २५ लाख बिनियोजन भएको छ । समूहमा ५८ घरधुरी कृषक आवद्ध भएका छन् । गत वर्ष आठ हजार ५०० सुन्तला, एक हजार ६०० ओखर र ९ हजार ३०० टिम्मुर र १ हजार वटा अलैचीका बिरुवा वितरण गरिएको कृषि प्राबिधिक बिनिता केसीले बताउनुभयो ।

समूहमा प्रयोग गर्ने गरि ७ वटा खेतबारी जोत्ने मिनिटेलर हलो उपलब्ध गराइएको छ । तीन वटा सुन्तलाको बिरुवा रोप्ने औजारको ब्यवस्था गरेका छन् । दुई वटा सिचाई पोखरी निर्माण गरेर तीन हजार पाँच सय मिटर पाइप बितरण गरेका छन् । “यस वर्ष रु. चार लाख बराबरको बिरुवा बितरण गर्ने कार्यक्रम छ, सुन्तला, कागति प्रजातिका बिरुवालाई जोड दिएका छौ,” कृषि प्राबिधिक केसीले भन्नुभयो “१५ वटा भकारो सुधार र तीन वटा सिचाई पोखरी निर्माण हुदैछ । कृषकलाई स्थलगत तालिम प्रदान र भ्रमण कार्यक्रम सकिएको छ ।”

घट्ट टोलका कृषकहरुले परम्परागत अन्नबालीको बिकल्पमा ब्यवसायिक रुपमा सुन्तलाका बिरुवा लगाउन थालेका छन् । स्थानीय बालकृष्ण कटुवालले बैदेशिक रोजगारको बिकल्पमा स्वदेशमै स्वरोजगार बन्न सुन्तला खेती गरेको बताउनुभयो । सो ठाउँका करिब दश जना युवाहरुले ब्यवसायिक सुन्तला खेती गरेका अगुवा कृषक कटुवालले बताउनुभयो ।

“२१ रोपनी खेतबारीमा ५०० सुन्तलाका बिरुवा लगाएको छु । केरा खेती, माछा र माहुरीपालन पनि गरेको छु,” उहाँले भन्नुभयो “घट्टटोल सुन्तला गाउँमा परिणत भएको छ । धेरैले सुन्तला लगाउनुभएको छ । धान, कोदो, मकैको तुलनामा कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले सुन्तला खेतीमा आकर्षित भएका हौ ।”

गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हरेक वर्ष एक÷एक वटा मुख्यमन्त्री वातावरण मैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दी क्षेत्र (क)मा पहिलो वर्ष बेनी नगरपालिका–४ सिंगा र भगवतिमा कार्यक्रम लागू भएको प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो । क्षेत्र (ख) को मंगला गाउपालिकाको तोराखेत, कोत्रवाङ, सिम, सातबिसे, पोक, मालिका गाउँपालिकाको बिम र धवलागिरी गाउँपालिकाको खाम्लामा सो कार्यक्रम लागू भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...