छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ – नेता संग्रौला

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

“प्रतिनिधिसभा बिघटन गर्ने केपीको कदमलाई सर्वोच्च अदालतले असंबैधानिक ठहर गरेपछि उहाँलाई सत्तामा रहने नैतिकता छैन,” संग्रौलाले भन्नुभयो “लोकतन्त्र, संबिधानको रक्षा, बिधिको शाषन, शुसासन, सम्बृद्धी र महामारी नियन्त्रणका लागि ओलीलाई पदच्युत गरेर नयाँ सरकार बनाउनुपर्ने आवश्यकता परेको हो ।”

Shreekrishna

सरकारले संघियता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन र नीति अनुसारको बजेट ल्याउन नसकेको आरोप लगाउनुभयो । ओली सरकारले भष्ट्रचार संस्थागत गरेको, शिक्षा, स्वास्थ्य, खानेपानी अभावसंगै खाद्यान्नमा मुल्य बृद्धि गर्दै जनतालाई सास्ती दिएको संग्रौलाले बताउनुभयो ।

Gunasthariya Shiksya

बजेट अभावले गौरवका आयोजना अलपत्र भएको अवस्थामा सरकार बालुवाटारमा बसेर रिमोटबाट बजेटविहिन योजना उद्घाटन र शिलन्यासमा ब्यस्त रहेको बताउनुभयो । कोरोना भाईरसको महामारी नियन्त्रण तथा खोप लगाउने कार्यक्रममा सरकार जिम्मेवार नभएको नेता संग्रौलाको भनाई थियो ।

‘भष्ट्रचारीलाई संरक्षण र नक्कली राष्ट्रबाद देखाउनमा सरकार ब्यस्त छ,’ उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशबाट सुरु भएको नयाँ सरकार बनाउने गृहकार्य गण्डकी हुदै संघीय सरकार सम्म पुग्छ ।’

संबिधान जारी भएपछि भारतले गरेको नाकाबन्दीको बिरुद्ध बोल्न नसक्नु काग्रेसको कमजोरी भएको बताउदै नेपाल महिला संघका पुर्ब अध्यक्ष समेत रहनुभएकी संग्रौलाले आगामी भदौ महिनाभित्रनै १४ औ महाधिवेशन गर्ने तयारीमा जुटेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...